नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

गाउँको विकासमा जीवन अर्पने व्यक्ति

2014-10-29 14:22:09

     सोनाम द्धुन्ड्रुप पालागचुङ पर्यावरणीय पर्यटन कम्पनीका प्रबन्धक हुनुहुन्छ। तर धेरै मानिसले उहाँलाई चिन्ने कारण भनेको उहाँले आफ्नो पूरै कमाइ लगानी गरेर ठाडो भीरमा “आकाशे बाटो” निर्माण गर्नुभयो जसबाट स्थानीय पर्यटन उद्योगको विकास भएर संमृद्ध बनेको छ।

गाउँको विकासमा जीवन अर्पने व्यक्ति

    सोनाम द्धुन्ड्रुप तिब्बती जातीय हुनुहुन्छ। पचास वर्षीय उमेरका सोनामको जन्म युन नान प्रान्तको शिन्गरिला जिल्लाको पाला गाउँमा भएको हो। सयौँ वर्षयता ठाडो भीरमा पर्ने एक मिटर चौडाइ पनि नभएको गल्ली नै उक्त गाउँ र बाह्य क्षेत्रबीचको एक मात्रै सम्पर्क बाटो थियो। गाउँबाट जिल्लासम्म पुग्नका लागि पैदल यात्रामा कम्तिमा तीन दिन लाग्थ्यो। बाटो र विजुली नभएको कारणले गाउँका परिवारको संख्या साठ्ठीबाट घटेर चौध पुगेको थियो।

    उहाँ भन्नुहुन्छ सानो हुँदा हामीले पसल हेरेको थिएनौँ, बाटो पनि थिएन। मलगायत यहाँका सर्वसाधारणका लागि, रोग लागेमा मृत्यु पर्खनुको अर्को विकल्प थिएन।

गाउँको विकासमा जीवन अर्पने व्यक्ति

    नौ वर्षको उमेरमा सोनाम द्धुन्ड्रुप पहिलो पटक बुवासँग शिन्गरिला जिल्ला पुग्नुभएको थियो। पहाडबाट पहिलोपटक निस्कनुभएका उहाँले पहिलो पटक गाडी देख्नु भएको थियो। त्यो समयदेखि गाउँका साथीलाई बाहिरको संसार पनि देखाउने उहाँको आशा बन्न थाल्यो।

    बिकट गाउँमा आफ्नो वाल्यावस्था बिताउनु भएका सोनाम द्धुन्ड्रुप आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ: सानैदेखि मैले सोच्न थालेँ कहिले गाउँमा गाडी चढ्न पाइन्छ। यो त मेरो सपना थियो, मेरा गाउँका बासिन्दालाई बाह्य संसार देख्न सक्ने बनाउने सपना। त्यसैले यो राजमार्गका लागि मैले जीवनभरि प्रयास गरेको छु।

1234...>

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान