नेपाली भाषा

भिडियो

ग्रेटवल नजिकको गाँउमा मिठो तोफु भोज
2019-01-08 16:02September 18 2019 03:52:36

ग्रेटवल नजिकको गाँउमा मिठो तोफु भोज

ग्रेटवललाई चीनको पहिचान मानिन्छ। केही समयअघि सीआरआई नेपालीसेवामा कार्यरत सहकर्मी हिमा, ललिता तथा प्रतिभा जीले पैचिङको कछाड क्षेत्र याङछिङस्थित ग्रेटवल नजिकको ल्यौ कौ गाँउबस्तिमा पर्यटकसँग निकै लोकप्रिय स्थानीय विशेषतायुक्त तोफु भोज पकाउने रहस्यको बारेमा जानकारी दिनु भएको थियो। यो भिडियोमा मिठो तोफु भोजका बारेमा जानकारी दिइएको छ। स्थानीय कृषकहरूले पकाउने २० भन्दा बढी परिकार समेटिएको तोफु भोजबाट चिनियाँ लगायत कोरियन, अफ्रिकी तथा रूसी पर्यटकहरूलाई आकर्षित गराउँदै आएको छ। साथै उनीहरूले होमस्टे चलाएर थप आम्दानी पनि गर्दछन्। हरेक वर्ष १-२ लाख चिनियाँ युआन कमाउनसक्ने स्थानीय कृषक चाङले बताएका छन्।

चीनको दक्षिण ग्रेटवाल
2019-01-08 16:02September 18 2019 03:52:36

चीनको दक्षिण ग्रेटवाल

चीनको दक्षिणी भागमा रहेको ग्रेटवालको अर्को नाम म्याउ जातिको सिमा पर्खाल हो। यो हु नान प्रान्तको फङ ह्वाङ जिल्लामा रहेको छ......

पा ता लिङ विशाल पर्खाल
2019-01-08 16:02September 18 2019 03:52:36

पा ता लिङ विशाल पर्खाल

पैचिङ सहरमा मर्मत गरिएको विशाल पर्खाल जम्मा गरी आठ वटा भाग छन्, यी मध्ये पा ता लिङ सबैभन्दा विश्वव्यापी रूपमा नामी छ। पा ता लिङ विशाल पर्खाल पैचिङ सहरको उत्तरी भागमा पर्दछ।यो चीनको मिङ वंशमा निर्माण भएको विशाल पर्खालको प्रतिनिधि हो।यसमा मर्मत भएर पर्यटन गर्न सकिने कूल लम्बाई लगभग चार किलोमिटर छ, तर मिङ वंशमा निर्माण गरिएको विशाल पर्खालको कूल लम्बाई लगभग नौ हजार किलोमिटर लामो थियो। पा ता लिङ विशाल पर्खालमा ज्यादै उकालो छ।तथ्यांक अनुसार एक वर्षमा पा ता लिङको अवलोकन गरेका पर्यटकको संख्या एक करोडभन्दा बढी पुग्छ।

शान हाई क्वान
2019-01-08 16:35September 18 2019 03:52:36

शान हाई क्वान

शान हाई क्वाङ चीनको ह पै प्रान्तको छिङ्ग व्हाङ ताउ शहरको उत्तर-पूर्वी क्षेत्रबाट पन्ध्र किलोमिटर टाढा पर्दछ जुन चीनको उत्तर-पूर्वी क्षेत्रमा मिङ वंशकालमा बनाइएको ग्रेटवालको महत्वपूर्ण भाग मानिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान