तपाईँको वर्तमानस्थान:नेपाली भाषा > सूचना तथा सामाग्री > विस्तृत विषय

पन्ध्रौं चीन अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय एक्स्पो

2018-10-18 09:52:42

    पन्ध्रौं चीन अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय एक्स्पो चीनको उद्योग तथा सूचनाकरण मन्त्रालय,राष्ट्रिय बजार निगरानी तथा व्यवस्थापन व्युरो,क्वाङ्ग तुङ प्रान्तीय सरकारद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो। “स्मार्ट,बौद्धिकता,स्मार्ट विनिर्माण,ऊर्जास्रोतको किफायत”भन्ने मुख्य विषय रहेको यस एक्स्पोको एक लाख पचास हजार वर्गमिटर क्षेत्रफल र छ हजारभन्दा बढी प्रदर्शनी सीट रहेको छ। यस एक्स्पोको मुख्य प्रदर्शनी यसै अक्टोबर दशदेखि तेह्र तारिखसम्म क्वाङ्ग तुङ प्रान्तको क्वाङ्ग चौ शहरमा आयोजना भएको छ। चीन लगायत चालीस मुलुक तथा क्षेत्रका 3019 व्यवसायले यस एक्स्पोमा भाग लिएका छन्। जम्मा गरी दुई लाख 26 हजार जनाले यस एक्स्पोको निरीक्षण गरेका छन्। यस एक्स्पोमा पाइएको करारनामा र इच्छा-करारनामा सहयोगात्मक योजनाको कूल रकम दश अर्ब 38 करोड चिनियाँ युआन पुगेको छ।

    संयुक्त अरब इमिरेट्स, श्रीलंका, नाइजेरिया, थाईल्याण्ड, इटाली, मोरक्को, मलेशिया, दक्षिण कोरिया, जापान, म्यान्मार, सिंगापुर, चीनको हङकङ,थाइवान क्षेत्र लगायत चौध मुलुक तथा क्षेत्रबाट आएका दुई सय विदेशी व्यवसायले चार सय चिनियाँ साना तथा मझौला व्यवसायसँग प्रत्यक्ष सम्पर्क गर्दै 88 वटा सहयोगात्मक योजना बनाएका छन्।

    यस एक्स्पोमा“एक पेटी एक मार्ग”सम्बन्धी विशेष कार्यक्रम अर्थात् सन्2018 मध्य पूर्वमा प्रवेश भन्ने शीर्षकको कार्यक्रममा संयुक्त अरब इमिरेट्स, ओमन, सुडान, जोर्डन, ट्युनिशिया, मोरक्को, लेबनान, प्यालेस्टाइन लगायत मध्य पूर्वी क्षेत्रका 47 वटा वाणिज्य समितिले लगभग तीन सय चिनियाँ व्यवसायी प्रतिनिधिसँग छलफल गर्दै अनेकन सहयोगात्मक सम्झौता गरेका छन् भने जम्मा गरी 12 करोड अमेरिकी डलर आयात निर्यात व्यापार रकम भएको देखिन्छ।

    पन्ध्रौं चीन अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय एक्स्पोको अवधिमा आयोजना भएका नौ वटा अन्तर्राष्ट्रिय वाणिज्य प्रचारप्रसार कार्यक्रमले विदेशी प्रतिनिधि मण्डलका लागि प्रभावकारी सम्पर्क मञ्च सिर्जना गरेको छ। संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, श्रीलंका, नेपाल, दक्षिण कोरिया, मलेशिया, चीनको हङकङ र ताइवान क्षेत्रबाट आएका दशौं विशेषतायुक्त व्यवसायले आ-आफ्ना विशेषतायुक्त उत्पादन वस्तु देखाउनुका साथै चिनियाँ व्यवसायसँग दुई करोड चिनियाँ युआनको व्यापार रकम सिर्जना गरेको देखिन्छ।

    सन्2004देखि यता चीन अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय एक्स्पोले लगातार रुपमा पाँच महाद्वीपहरूका 19 मुलुक तथा अन्तर्राष्ट्रिय संगठनको संयुक्त संयोजनलाई निमन्त्रणा गरेको छ। यस एक्स्पोको प्रदर्शनी,व्यापार,आदानप्रदान र सहयोगबाट मिलाइएको मिलिजुली आर्थिक तथा व्यापारिक सेवायुक्त भूमिका निरन्तर बलियो बन्दै जाने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान