नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

न्येनचेन थाङ्गल्हा पहाड

2019-12-25 15:41:05

न्येनचेन थाङ्गल्हा पहाड

न्येनचेन थाङ्गल्हा पहाड ब्रह्मपुत्र र नु नदीको जल निकास हुने भाग हो। यसको उचाइ समुद्र सतहदेखि ७११७ मिटर छ। शिखरको भाग सधैँभरि हिमले ढाकिएको हुन्छ।


तिब्बती प्राचीन पौराणिक कथा र धार्मिक कथामा न्येनचेन थाङ्गल्हा पहाड उत्तरी तिब्बतमा पर्ने थाङ्गल्हा पर्वत श्रृंखलालाई संरक्षण गर्ने धर्मपालामध्ये सबैभन्दा महत्वपूर्णका साथै उत्तरी घाँसे मैदानमा पर्ने विभिन्न पवित्र पहाडको प्रमुख देवता पनि हो। पहिला न्येनचेन थाङ्गल्हा पहाड तिब्बती स्थानीय देवता थियो। बोन धर्म र बौद्ध धर्मका अनुयायीले यो पहाडलाई मान्दछन् र विभिन्न विद्याधरहरूले अभ्यास र भेला गर्ने ठाउँको रुपमा पनि मान्छन्। पछि पद्मसंभवले बौद्ध धर्मको धर्मपालाको रुपमा राखेका थिए। साथै त्यसलाई अठार लक्ष्मीमध्येको एक पनि भनिन्छ र यो धन-सम्पत्तिको संरक्षक देवता हो।


न्येनचेन थाङ्गल्हा पर्वत श्रेणी सयौँ किलोमिटरसम्म फैलिएका छन् र सबै शिखर पाँच मिटरभन्दा अग्ला छन्। भव्य तथा खैरो देखिने यसले निकै धेरै पर्यटक तथा अनुयायीलाई आकर्षित गरेको छ। त्यसैले तिब्बतका सबभन्दा नामी धार्मिक पवित्र स्थल र दृश्यावलोकन क्षेत्रमध्येको एक बनेको छ।


तिब्बती क्षेत्रमा चलेको लोकप्रिय किम्वदन्तीका अनुसार, न्येनचेन थाङ्गल्हा पहाड र नामुछो ताल समस्त तिब्बतका सबभन्दा नामी पवित्र पहाड र ताल मात्र नभई जीवन र मृत्युसँग मिलेको जोडी पनि हुन्। आपसमा मिलेर अझै सुन्दर तथा पवित्र देखिन्छ त्यसै कारणले निकै धेरै चिनियाँ तथा विदेशी अनुयायी र पर्यटकलाई आकर्षण गरिरहेको छ अनि हिमाली पठारमा सबैभन्दा सुन्दर धार्मिक पवित्र स्थल र नामी दृश्यावलोकन क्षेत्र पनि बनेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान