नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

चीनको लालटिन महोत्सव फ्रान्सको नीलो किनारामा

2019-12-23 09:53:59

नोभेम्बर २९ तारिख बेलुका फ्रान्सको नीस शहरका मेयर क्रिस्टिएन एस्ट्रोसी र चीन तथा फ्रान्सका बाल-बालिकाहरुले संयुक्त रुपमा बटन थिच्नेबित्तिकै ५५० वटा चिनियाँ लालटिनले फ्रान्सको दक्षिणी भागमा अवस्थित नीस शहरको फिनिक्स पार्कलाई उज्यालो बनाएको थियो। जसबाट “प्रकाश निस किनारा” शीर्षकको लालटिन महोत्सव उद्घाटन भएको थियो। फ्रान्सको नीलो किनारा क्षेत्रमा चिनियाँ परम्परागत भव्य लालटिन महोत्सव आयोजना गरेको यो पहिलो पटक हो।


निस शहरका मेयर एस्ट्रोसीले यताका केही वर्षदेखि निस र चीन बीचको सम्पर्क दिन प्रतिदिन घनिष्ठ हुँदै आएको भन्दै निस शहर सरकारले चीनसँगको सांस्कृतिक आदान-प्रदानलाई अघि बढाएको र चीनको परम्परागत लालटिन महोत्सवबाट फ्रान्सेलीहरुले चिनियाँ संस्कृतिबारे जानकारी लिन थप उपयोगी रहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

निकै भव्य यस लालटिन महोत्सवबाट हामीले महान चीनको पूरानो इतिहासको अनुभव गर्नपाएका छौं। ती रङगीचङगी लालटिनहरु पनि भावनाको प्रतीक बनेका छन्। जसबाट हामीले चिनियाँहरुको पारिवारिक सम्बन्ध, परिवार सम्बन्धी धारणा, व्यक्तित्व बीचको सम्बन्ध र समाजमा बाल-बालिकाहरुको स्थान लगायत विषयबारे पनि जानकारी पाएका छौं।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान