नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

एशियाली पानी टावरबाट प्रकोप उत्पन्न हुने खतरा बढ्दै

2019-12-19 14:07:59

छिङहाइ-तिब्बत पठारभूमि बैज्ञानिक अनुसन्धान टोलीले डिसेम्बर १८ तारिख पैचिङमा एशियाली पानी टावरको परिवर्तन, प्रभाव एवं सामना भन्ने बैज्ञानिक अनुसन्धान निष्कर्षलाई सार्वजनिक गरेको छ। एशियाली पानी टावर नै विश्वमा सबभन्दा महत्वपूर्ण पानी टावर हो र त्यसको कमजोरी तथा खतरामा महत्व दिनुपर्ने बताइएको छ। यसै सन्दर्भमा हालै छिङहाइ-तिब्बत पठारभूमि बैज्ञानिक अनुसन्धान टोलीले यस पानी टावरको ३ डी. अनुसन्धान गर्दै हिमपात प्रकोप निगरानी तथा चेतावनी दिने प्रणाली स्थापना गरेको छ। सो कार्यबाट यस क्षेत्रमा प्रकोप प्रतिरोध तथा निवारणको लागि प्रभावकारी प्राविधिक प्रत्याभूति दिइएको छ।

छिङहाइ-तिब्बत पठारभूमि बैज्ञानिक अनुसन्धान टोलीले विश्वका ७८ वटा पानी टावरको महत्वको मूल्याङ्कन गरेर एशियाली पानी टावर विश्वमा सबभन्दा महत्वपूर्ण तर सबभन्दा कमजोर पानी टावर हो भन्ने निष्कर्ष निकालेको हो। सो अनुसन्धान टोलीका प्रमुख याउ थानतोङले यसबारे ब्याख्या गर्दै भन्नुभएको छः यसै एशियाली पानी टावरमा तापक्रम बृद्धि दर सम्पूर्ण विश्वको २ गुणा रहेको पृष्ठभूमिमा ठोस तथा तरल पानी बीच गम्भीर असन्तुलन देखा परेको छ जसबाट छिङहाइ-तिब्बत पठारभूमिमा प्रकोप उत्पन्न हुने खतरा दिनप्रतिदिन बढ्दै आएको छ।

थाहा भए अनुसार, एशियाली पानी टावर भनेको हिमालय-छिङहाइ तिब्बत पठारभूमि क्षेत्र हो। यसै क्षेत्रमा विश्वमा हिमनदीहरू उत्पन्न भएको दोस्रो ठूलो ठाँउ हो। आमु दर्या नदी, सिन्धु नदी, गंगा नदी-ब्रहमपुत्र नदी, सीर दर्या नदी तथा तारिम नदी एशियाली पानी टावरमा कमजोरी सूचीमा सबभन्दा अघिल्ला ५ वटा पानी टावर हुन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान