नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

सिलिङछो ताल

2019-12-18 10:34:16

सिलिङछो ताल नामुछो तालपछि तिब्बतको दोस्रो ठूलो ताल हो। सिलिङछो ताल वरिपरि तेइस वटा स-साना ताल छन् र सिलिङछो ताललाई एउटा जेड मालाले घेरेको जस्तो देखिन्छ। ती साना तालहरुमध्ये छोअ तालमा हरेक वसन्त र ग्रीष्म ऋतुमा दशौं हजार भूमध्यसागरीय खैरो टाउके सिगल (चरा) आएर बस्छन् र निकै भव्य देखिन्छ। किम्वदन्तीका अनुसार, राजा गेसारले शैतान आच्युङसँग यसै ठाउँमा लडाँइ गरेका थिए। दुईबीचको युद्धमा आच्युङ पराजित हुन्छ र अन्तिम घडीमा निकै तिर्खा लागेको बताउँदै पर्याप्त पानी पिलाउन गेसारलाई आग्रह गर्छ। अनि राजा गेसारले आच्युङलाई सिलिङछो तालमा फाली पानी खुवाउँछ। त्यसपछि उक्त ताल धेरै शाखामा विभाजन भएको र सबै तालमा पानी सधैँ अपुग रहने गरेको मानिन्छ।


सिलिङछो तालसम्बन्धी अर्को स्थानीय किम्वदन्ती पनि छ: सिलिङ पहिला ल्हासाभन्दा पश्चिममा पर्ने त्वीलुङदछिङमा बस्ने एक खराब तथा दुष्ट शैतान थियो। उसले हरेक दिन हजारौँ जीव खान्थ्यो। चरा, पशु होस् वा मानिस सबै प्राणी उसको मुखबाट भाग्न सकिँदैनथ्यो। उसको अघि सबै असहाय थियो। अनगिन्ती बहादुर पनि मारिए। एक दिन वर्षा भएको दिन सहन नसकेका सिलिङ बासिन्दाले शैतान मार्न गुरू पद्मसंभवलाई निमन्त्रण गरे अनि पद्मसंभवसँग भागेर शैतान सिलिङ काङनिछ्याङथाङको दक्षिणमा पर्ने फोहोर तालमा गए। पद्मसंभव त्यहाँ पुगेर उसलाई जीवनभर ताल नछोडी भक्तीभाव रुपमा बस्न र गल्ती स्वीकार गरी तालका जैविकलाई नमार्न आदेश दिएका थिए। साथै पद्मसंभवले उक्त विशाल ताललाई सिलिङछो तालको नाम दिएको भनिन्छ जसको अर्थ शैतान सिलिङको ताल हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान