नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

कारो अवशेष

2019-12-04 10:42:31

कारो अवशेषमा चार पाँच हजार वर्षअघिको नवपाषाण कालीन ढुङ्गा तथा हाडबाट बनाइएका साधनहरू तथा माटाका भाँडा आदि दशौँ हजार पुरातात्विक बस्तु पाइन्छन् र सबै प्रयोग गर्नसकिने खालका छन्। त्यसलाई पुरातात्विक समुदाय र प्राचीन मानव-विज्ञान अध्ययनकर्ताले तिब्बतका तीनवटा प्राथमिक सांस्कृतिक अवशेषमध्येको एक मानेका छन्।


कारो गाउँमा प्राचीन अवशेष भेट्टाइएकाले कारो अवशेष नाम दिइएको हो। सन् १९७८ र १९७९ मा दुई पटक गरी भेट्टाइएको कारो अवशेषलाई समयको आधारमा अघि र पछि दुई कालमा विभाजित गरिएका छन्। हाल कारो अवशेषमा जम्मा गरी अठाइस वटा घर-भवनहरूका आधार भेट्टाइएका छन्। तीमध्ये एक किसिमको गोलो आधार घर पनि रहेको छ जसमा आन्तरिक खम्बा र वरिपरिका छड्के खम्बाबाट शंकु आकारको भवनको निर्माण भएको छ र अर्को किसिमको भवन भनेको अर्ध-भूइतल्ला हो। कारो अवशेषको पछिल्लो कालको भूइतल्लामा चारैतिर ढुङ्गाबाट निर्मित गारो छन् र अर्ध- भूइतल्ला भवन छन् र त्यसमाथि फेरि एक तला पनि निर्माण भएको देखिन्छ। जसबाट कारो अवशेष वास्तुकलाको स्थानीय विशेषता र निर्माण प्रविधिको विकास पनि देख्नसकिन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान