तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

चाङचुङ राज्यको अवशेष

2019-11-27 16:08:57

चाङचुङ राज्यको अवशेष

एक हजार छ सय वर्षभन्दा लामो इतिहास बोकेको चाङचुङ राज्यको अवशेष दाको पर्वत श्रृंखलाभन्दा पश्चिममा पर्छ।


छिङ हाइ-तिब्बत पठारभूमिमा चाङचुङ राज्य निकै नामी थियो। त्यसको उदयकाल थुपोका छ वटा जनजाति गठबन्धनको समयभन्दा दुई शताब्दी अघि भएको थियो। चाङचुङ राज्यको प्रभावले लगभग समस्त छिङ हाइ-तिब्बत पठारभूमि ढाकेको थियो। बोन धर्मको ग्रन्थका अनुसार, आजको आलि, लादाक क्षेत्रलाई पहिला भित्री चाङचुङ भनिन्थ्यो र चाङचुङ राज्यको केन्द्र थियो। आजको ल्हासा, शिगाचे, शाननान, लिन्ची क्षेत्रलाई पहिला मध्य चाङचुङ भनिन्थ्यो। नाछ्यु, छाङतु आदि क्षेत्रलाई बाहिरी चाङचुङ भनिन्थ्यो। आठौँ शताब्दीमा चाङचुङ राज्य थुपो राज्यबाट पराजित भएको थियो। चाङचुङ राज्यको आफ्नै उच्च सभ्यता थियो जसको आफ्नै विशेष चाङचुङ लिपीसमेत थियो। यो राज्य तिब्बती परम्परागत धर्म अर्थात् बोन धर्मको मूल स्थल पनि हो र पछि आएको थुपो राज्य तथा समस्त तिब्बती संस्कृतिलाई निकै गहिरो प्रभाव पारेको छ।


हाल चाङचुङ राज्य अवेशष मुख्यतः छ्युङचुङ क्षेत्रमा पर्छ। बाटोसँगै उभिएका पर्वत पर्खाल नै प्राचीन चाङचुङ दरबारको प्राकृतिक सुरक्षा हुन् त्यसका साथ गोप्य च्यानल, खाल्डो आदिका अवशेष पनि धेरै छन्। पर्वत पर्खालका पूर्व र पश्चिम भागमा विशाल प्राचीन शहर पर्खालका अवशेषहरू छन् जुन कयौँ मिटर अग्ला छन् जसबाट त्यतिखेर नै शहरी रक्षाको दृढता देख्नसकिन्छ। समस्त अवशेष समूहको पछाडि दाको हिमाल पर्छ भने पश्चिममा ताङर युमछो ताल पर्छ। हालसम्म पनि प्राचीन राज्यको राजधानीको शान अझै देख्नसकिन्छ। अवशेष वरिपरिको घाँसेमैदानमा प्रशस्त घाँस छन् र उच्च गुणस्तरीय काश्मिरी खसी पनि धेरै छन्। छ्युङचुङलाई बोन धर्मका अनुयायीले पवित्र पर्वतको रुपमा मान्छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान