तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

पुरोग काङ्ग्री

2019-11-20 09:41:28

पुरोग काङ्ग्री हिमनदी दक्षिण-ध्रुव र उत्तर-ध्रुवमा बग्ने हिमनदीपछिको विश्वको तेस्रो ठूलो हिमनदी हो। यस हिमनदीलाई विश्वको तेस्रो ध्रुव पनि भनिन्छ। पुरोग काङ्ग्री हिमनदी वरिपरिको ताल नीलो मोति जस्तो देखिन्छ र हिमनदीसँग मिलेर एकदमै सुन्दर दृश्य बनेको छ।


सन् १९९९ मा चीन र अमेरिकाका वैज्ञानिकले मध्य तिब्बतको नाछ्यु क्षेत्रमा संयुक्त वैज्ञानिक अनुसन्धान गर्दा पुरोग काङ्ग्री पत्ता लगाएका थिए। बरफ पत्र समुद्र सतहबाट ५८०० देखि ६४८२ मिटरसम्मको उचाइमा पर्छ। त्यसको क्षेत्रफल ४२२.८५ वर्गकिलोमिटर छ। निकै ठूलो क्षेत्रफल भएकोले पुरोग काङ्ग्री बरफ पत्रलाई दुई वटा ध्रुवपछिको पृथ्वीको सबैभन्दा ठूलो हिम नदी साथै विश्वको मध्य तथा कम अक्षांशमा पर्ने सबैभन्दा ठूलो हिमनदी पनि मानिन्छ। पुरोग काङ्ग्री बरफ पत्रले चीनमा हिम नदीको रिकर्ड पनि पूर्ण गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान