तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

ताङर युमछो ताल

2019-11-13 10:55:07


ताङर युमछो ताल तिब्बती बोन धर्मको पवित्र ताल हो। हालसम्म यहाँ धेरै मानिस पुगिसकेका छैनन्। यो ताल स्वच्छ पानीका कारण जेड जस्तो नीलो रङ्गको देखिन्छ। किम्वदन्तीका अनुसार, तालको पानीले एक दिनमा तीन रङ्ग परिवर्तन गर्छ। अत्यन्तै सुन्दर र पवित्र यस ताललाई मानसरोवर तालसँग तुलना गरिन्छ।


ताङर युमछो ताललाई तीनैपट्टिबाट पहाडले घेरिएको छ। तालको पूर्वी किनारमा श्रृंखलाबद्ध पर्वत उभिएका छन् र त्यसका राता भीरबाट ताङर युमछो तालमा पानी झर्दैआएको स्पष्ट रुपमा देख्नसकिन्छ। तालको लहरले पर्वतमा हानेर खोपाहरू बनेका छन् र सिँढी जस्तो एकपछि अर्को गरी बनेको देख्नसकिन्छ।


दागो पर्वत र ताङर युमछो ताललाई बोन धर्मका अनुयायीले देवताको पवित्र स्थलको रुपमा मान्छन्। पर्वत श्रृंखलाका सात वटा चुचुरा वर्षभरि सेतो हिमबाट ढाकिएका हुन्छन् र शान्त रूपमा सात जना देउता उभिएर ताङर युमछोको संरक्षण गरेझैं देखिन्छ।


टाढाबाट हेर्दा ताङर युमछो तालको सतह बज्र जस्तो देखिन्छ। माथिल्लो भाग गोलो र मध्य भाग पातलो अनि तल्लो भाग लामो छ। होचो भूभाग अनि पर्वतबाट घेरिएकोले ताङर युमछो ताल क्षेत्रमा न्यानो तथा आर्द्र जलवायु छ र जौ जस्तो कृषि बाली रोप्नमिल्छ। यो उत्तरी तिब्बती क्षेत्रको अत्यन्तै दुलर्भ क्षेत्र हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान