तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

मिद्वी हिमनदी

2019-10-23 09:52:36

बोमि जिल्लाको युफु टाउनशिपमा पर्ने मिद्वी हिमनदीका कारण नजिकको गाउँले मिद्वी नाम पाएको छ। यस जिल्लाको सदरमुकाम ट्रामु टाउनभन्दा नब्बे किलोमिटर टाढा रहेको मिद्वी हिमनदी चीनका तीनवटा प्रमुख समुद्री हिमनदीमध्येको एक हो।


मिद्वी हिमनदीको प्रमुख शिखर समुद्र सतहबाट ६८०० मिटर अग्लो छ भने हिम रेखा समुद्र सतहदेखि ४६०० मिटर छ। हिमनदीको अन्तिम बिन्दु समुद्र सतहबाट २४०० मिटर मात्रै छ। त्यसैले हिमनदीको तल्लो भागमा कोणीफल र चौडा पात रूखको जङ्गल छ। साथै मिद्वी हिमनदी तिब्बतको शिर्ष समुद्री हिमनदी हो अनि विश्वमा समुद्र सतहको हिसाबले सबैभन्दा होचो हिमनदी पनि हो।


चीनका तीनवटा मुख्य समुद्री हिमनदीमध्येको एकको रुपमा रहेको मिद्वी हिमनदीमा वर्षभरि ढाकिएको हिमका कारण मोहक प्रकाश चम्किरहेको हुन्छ। उत्तरी अक्षांश २९ डिग्रीमा रहे तापनि हिमनदीको तल्लो रेखाको हिसाबले उत्तरी अक्षांश ४४ डिग्रीमा पर्ने बोग्दा पहाडको तल्लो रेखाभन्दा अझ तत पर्छ। यो नै चीनको वर्तमान हिमनदीको लागि निकै विशेष अवस्था पनि हो। अध्ययनका अनुसार, उक्त अवस्था र हिमालयको दक्षिण-पूर्वी भागको जलवायु र वातावरणबीच निकै घनिष्ठ सम्बन्ध छ।


मिद्वी हिमनदीको स्रोत समुद्र सतहदेखि ६००० मिटरको हिम पर्वतमा पर्छ। उक्त हिम पर्वतमा दुई वटा विशाल हिमनदीका घाटी छन्। त्यसका तीनैपट्टि भाग वर्षभरि नपग्लिएको हिमबाट ढाकिएको छ। तर संरचना कमजोर भएकाले ढाकिएको हिम कुनै बेला पनि खस्नसक्छ यसकारण हिमनदी नै मुख्य सुरक्षाको उपाय बनेको छ। हिमनदी घाटीमा हिमले पूर्ण ढाकेपछि विस्तारै बाहिर निस्कन्छ अनि ठूलो हिम झरनाको रुपमा मिद्वी नदीको स्रोतमा पर्ने हिमनदीको घाटीमा खस्छ। उक्त हिम झरनाको उचाइ सात आठ सय मिटर छ। यो भव्य तथा विशेष देखिन्छ र यो दृश्य विश्वमा पनि दुर्लभ छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान