नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

ल्ये पर्वत प्राचीन चिहान

2019-08-21 10:23:06

ल्ये पर्वत प्राचीन चिहान लिन्ची क्षेत्रको लाङ जिल्लाको चिनतुङ गाउँको ल्ये पर्वतमा भेट्टाइएकोले यो नाम दिएको हो। सन् १९८२ को अगष्टमा यहाँ पहिलो पटक उत्खनन् र सफाइ कार्य गरिएको थियो। चीनको सामाजिक विज्ञान प्रतिष्ठानको पुरातात्विक संस्थान र तिब्बत स्वायत्त प्रदेशीय सम्पदा व्यवस्थापन समितिबाट गठित संयुक्त पुरातात्विक दलले सन् १९९३ मा प्राचीन चिहान समूहमाथि पुनःपुरातात्विक उत्खनन् गरेको थियो। प्राचीन चिहान समूह ल्ये पर्वतको दक्षिणी भेगको च्याप्टो क्षेत्रमा पर्छ। ल्ये पर्वत चिहान समूह पाँच लाख वर्ग मिटरसम्म फैलिएको छ। कैयौँ पटकको उत्खनन्पछि ठूला-साना गरी विभिन्न आकार र ढाँचाका दुई सय दश वटा चिहान भेट्टाइएसकेको छ। समस्त ल्ये पर्वत प्राचीन चिहानलाई प्राकृतिक पर्वतश्रेणी र गहिरो नालीबाट पूर्व र पश्चिम दुई भागमा विभाजन गरिएको छ। तीमध्ये अधिकाँश चिहान पूर्वी भागमा पर्छ भने पश्चिमी भागमा दश वटा चिहान मात्रै छ।


सन् २००० मा ल्ये पर्वत प्राचीन चिहानलाई राष्ट्रिय मुख्य पुरातात्विक वस्तु संरक्षण एकाइको सूचिमा राखिएको थियो। आकार र ढाँचाको विशिष्टता ल्ये पर्वत प्राचीन चिहानको एक ठूलो विशेषता हो। सबै चिहान माटोबाट ढाकिएको छ भने चिहानहरू वर्ग, गोलो, समग्र आकार आदि गरी विभिन्न आकारका छन्। साथै चिहानको क्षेत्रफलमा पनि भिन्नता छ र हाल त्यसलाई ठूलो, मध्यम र सानोमा विभाजन गरिएको छ। समस्त चिहानमध्ये चिहानमाथि ढाकिएको माटोसहीतको लम्बाइ पचीस मिटरभन्दा बढी छ र साथै छ सय वर्गमिटरभन्दा ठूलो चिहानको संख्या बीसभन्दा बढी छ। पचीस मिटरभन्दा कम लम्बाइ भएको चिहानको संख्या सत्तरीभन्दा बढी छ र बाँकी साट्ठीभन्दा बढी सानो चिहानको लम्बाइ दश मिटरभन्दा कम छ। ल्ये पर्वत प्राचीन चिहानमाथि ढाकिएको माटोको उचाइ सामान्यतः एकदेखि तीन मिटरसम्म छ तीमध्ये सबभन्दा अग्लो चिहान चौध मिटरको छ। चिहानमाथि ढाकिएको माटोको लम्बाइको हिसाबले सबभन्दा लामो छयसट्ठी मिटर छ भने सबभन्दा छोटो दुई मिटर मात्रै छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान