नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

स्युबा प्राचीन महल

2019-08-14 14:42:58

तिब्बतको गुङबुच्याङदा जिल्लामा धेरै प्राचीन महलको भग्नावशेष साइटहरू भेट्टाएका छन् तीमध्ये स्युबा प्राचीन महल सबैभन्दा ठूलो र पूर्ण सं‍रक्षित छ। त्यसैले यो सबैभन्दा प्रसिद्ध पनि छ। पुरातत्वविद्को विश्लेषणका अनुसार, चीनको थाङ वँशको अन्तकालदेखि स्युबा प्राचीन महलको निर्माण हुन थालिएको थियो। प्राचीन कालमा महल समूह वरिपरि सेनाहरू तैनाथ गरिन्थ्यो। हाल पनि त्यहाँ सैन्य क्याम्पको अवशेष देख्नसकिन्छ। अग्लो होचो गरी एक आपसबीच तीस पचास मिटर दूरीमा रहेका पाँच वटा किल्लाबाट स्युबा प्राचीन महल गठित भएको छ। जुन लामो पर्खालमा देखिएको संकेत-दीप जस्तो छ। युद्धको क्रममा ती किल्लाहरूले एक आपसलाई सहयोग गर्न मिल्ने गरी बनाएको थियो।

हजारौँ वर्ष भइसक्दा पनि स्युबा प्राचीन महलको संरचना अझै अखण्ड छ। वास्तवमा त्यसको निर्माणमा काठ र ढुङ्गाको प्रयोग गरिएको छ। यस तिब्बती पुर्खाको शानदार वास्तुकलाले सबैलाई अचम्म बनाएको छ। यसबाहेक सबैभन्दा अद्भुत लाग्ने कुरा भनेको बाहिरबाट हेर्दा महलमा डोडकगानल अर्थात् बाह्र कोणीय स्तम्भ देखिन्छ तर भित्रबाट हेर्दा भित्री संरचनाको नियमित अष्टभुज मात्र देखिन्छ। समस्त महलको बाहिरी पर्खालको मोटाई दुई मिटरभन्दा धेरै छ। त्यसैले त्यसको स्तरबारे व्याख्या गर्दा स्थिर मात्र भनेर पुग्दैन। महल भित्र सिँढीको रुपमा काठे बोर्ड राखिएको छ। यसरी युद्ध हुँदा सेनाले त्यसमा चढेर रक्षा गर्ने सुविधा थियो। माथिल्लो तलामा धेरै हेर्नमिल्ने प्वाल छन् जसबाट वरिपरिको दश माइलभित्रको अवस्था देख्नसकिन्छ र शत्रुको सबै गतिविधि सजिलै थाहा पाउनसकिन्छ। युद्धमा ती प्वालहरुलाई तीर हान्न पनि प्रयोग गर्न सकिन्छ। यसबाहेक त्यसबाट संकेत-दीपको काम पनि हुन्छ। युद्ध वा आकस्मिक अवस्थामा माथिल्लो तलाको टुप्पोमा आगो लगाएर टाढाका सेनालाई संकेत दिनसकिन्छ।

ती पाँच वटा मुख्य महलबाहेक वरिपरि पनि धेरै ढुङ्गे घरहरू छन् जसले युद्धको क्रममा सहयोग उपलब्ध गराउँथ्यो। ती घर र महल युद्धमा प्रयोग भए तापनि हजारौँ वर्षदेखि अझै यहीँ उभिएको छ। यो नै तिब्बती वास्तुकला इतिहासको एक चमत्कार हो। धेरै वर्षयता विभिन्न सैन्य विशेषज्ञ तथा वास्तुकारहरुले यहाँको अवलोकन गरिरहेका छन्। उनीहरु सबैलाई हजारौँ वर्षअघि तिब्बती जनताको शानदार वास्तुकला र दक्षतापूर्ण डिजाइनबाट अचम्ममा पारेको छ।

तिब्बती जातिका ती प्राचीन महल सम्बद्ध पौराणिक कथा पनि अवश्य नै छन्। राजा गेसारले यहाँ शैतानसँग लडाईँ गरेको पौराणिक कथा सुन्न पाइन्छ।

किम्वदन्तीका अनुसार, स्युबा गाउँ वरिपरिको क्षेत्र राजा गेसारले सर्वसाधारणमाथि हानी पुर्‍याइरहेका शैतानलाई जितेको क्षेत्र हो। ती प्राचीन महलहरु स्थानीयलाई हानि पुर्‍याउने शैतान छिनबानापोको बासस्थान थियो। भनिन्छ, छिनबानापोले भौगोलिक श्रेष्ठताको आधारमा राजा गेसारको सेनालाई तीन वर्षसम्म रोकेको थियो।

पछि भगवान बुद्धले सपनामा आई राजा गेसारलाई गोप्य कुरा बताइदिएका थिए अर्थात् हरेक प्रभातअघि शैतानको जादू शक्ति सबैभन्दा कमजोर हुन्छ र त्यतिखेर शैतानले तारको प्रहारलाई प्रतिरोध गर्नसक्दैन। त्यसैले राजा गेसारले आफ्नो सक्षम व्यक्तिलाई सँगै लगेका थिए। उनी एक सिपालु धनुर्धर दम्पत्तिलाई सँगै लिएर अँध्यारो नहुँदै प्राचीन महलको विपरिततिरको भिरालोमा पुगेका थिए। प्रभात नहुँदै महलमा बसेका शैतानहरुमाथि बुद्धबाट आशीर्वाद प्राप्त तीर हानेका थिए। यसरी शैतानमाथि विजय प्राप्त गरेका थिए र प्राचीन महललाई आफ्नो कब्जामा लिएका थिए। स्युबा गाउँ वरिपरिको पर्व भिरोलोको ठूला ढुङ्गामा तीर चिन्ह अझै देख्नसकिन्छ जसबाट उक्त किम्वदन्ती पनि प्रमाणित भएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान