नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

बासुम ताल

2019-08-07 09:47:49

बासुम ताललाई छोकाउ ताल पनि भनिन्छ। तिब्बती भाषामा यसको अर्थ हरियो पानी रहेको छ। बासुम ताल नामजस्तै पठारको घाटीमा रहेको एउटा हरियो जेड जस्तो देखिन्छ।

बासुम ताल लिन्चीको पुच्याङदा जिल्लाभन्दा पचास किलोमिटर टाढा रहेको बाछ्यु नदीको माथिल्लो भागको गहिरो घाटीमा पर्छ र तिब्बती बौद्ध धर्मको रातो सम्प्रदायको एक प्रसिद्ध पवित्र ताल र स्थल हो। साथै तिब्बतका अरु पवित्र तालभन्दा फरक पनि छ। यहाँ खासै मानिस पुगेको छैन र घनीभूत वनस्पतिबाट पूर्ण रुपमा घेरिएको छ। विभिन्न प्रजातीका हाँस तथा सारस लगायतका चराहरु तालको किनारमा बस्छन् भने तालमा विभिन्न खालका माछाहरु धेरै छन् जुन निकै शानदार र जीवन्त देखिन्छ।


बासुम तालमा ट्रासी नामक एक टापु पनि छ र त्यहाँ एक सानो गुम्बा छ जसको नाम छोचुङकुङबा गुम्बा हो। प्राचीन तिब्बतको चाम्पो कालमा निर्माण भएको उक्त गुम्बामा मुख्यतः पद्मसंभवको उपासना गरिन्छ। यमान्तक मूर्तिमूनि दुई वटा प्राकृतिक कोबलस्टोन पत्थर छन् जुन केही भित्र पसेको देखिन्छ। किम्वदन्ती अनुसार, यो राजा गेसारले यहाँ युद्ध गर्ने बेलाको हो। यो उनको घोडाको चरणचिन्ह हो। बासुम तालको दक्षिणी किनारमा एउटा खोला छ। त्यहाँ मोहक किम्वदन्ती बोकेको बच्चा माग्ने गुफा पनि छ। किम्वदन्ती अनुसार, पहिला पद्मसंभवले त्यहाँ आशिर्वाद दिएका थिए त्यसैले त्यहाँ गएर बच्चा माग्दा निकै प्रभावकारी हुन्छ भन्ने जनविश्वास छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान