नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

पालकोर गुम्बा

2019-01-15 09:11:42 CRI

पालकोर गुम्बा च्याङ च जिल्लाको एउटा सानो उपत्यका क्षेत्रमा पर्छ जसको पूर्व, पश्चिम, र उत्तरतिर पहाडले घेरिएको छ भने दक्षिणी भागमा फराकिलो मैदान छ। यसरी गुम्बा सुरक्षित बन्दरगाहमा रहेर शान्तिपूर्ण रुपमा आकाशबाट च्याङ च जिल्लालाई हेरिरहेको जस्तो देखिन्छ।

सन् १४२७ मा निर्माण थालेको पालकोर गुम्बाको निर्माण सम्पन्न हुन दश वर्ष लागेको थियो। यो मिनार र गुम्बा मिलेर निर्माण भएको ठेट तिब्बती बौद्ध धर्मको गुम्बा हो। सो गुम्बाबाट तेह्रौँ शताब्दीको अन्तदेखि पन्ध्रौँ शताब्दीको मध्य कालसम्म शिगाचे क्षेत्रको गुम्बाको ठेट शैलि प्रतिबिम्बित भएको छ। साथै यो हालसम्म मिनार र गुम्बा सम्पूर्ण रुपमा संरक्षित भएको ठूलो निर्माणवस्तु समूह पनि हो। बुद्ध मिनार पालकोर गुम्बाको प्रतीक हो त्यसलाई लाखौँ बुद्ध मिनार पनि भनिन्छ। यो बुद्ध मिनार सामान्य बुद्ध मिनार होइन लगभग सय वटा बौद्ध मन्दिरबाट गठित भएको छ। त्यसैले त्यसलाई मिनारमा मिनार पनि भनिन्छ। मिनारका बुद्ध मन्दिर, बुद्ध खोपा र भित्ते चित्र गरी जम्मा एक लाख वटा बुद्धका चित्र छन् त्यसैले यो मिनारलाई लाखौँ बुद्ध मिनार पनि भनिन्छ साथै तिब्बतको मिनार राजा पनि भनिन्छ।

एउटै गुम्बामा तीन वटा सम्प्रदाय पालकोर गुम्बाको अर्को विशेषता हो। यो गुम्बामा तीनटा ठूला सम्प्रदाय शान्तिपूर्ण तथा मेलमिलापयुक्त रुपमा रहेका छन्। पहिला पालकोर गुम्बा साग्या सम्प्रदायको थियो। त्यसपछि गादाम सम्प्रदाय र गेलुक सम्प्रदायको दल पनि आए। विभिन्न सम्प्रदाय अलग रूपमा रहिरहे तर अन्तमा एक आपसमा सम्झौता गरेका थिए। त्यसैले पालकोर गुम्बामा साग्या सम्प्रदाय, गादाम सम्प्रदाय, गेलुक सम्प्रदाय मिलेर बसेको अवस्था देखिएको छ साथै गुम्बाको निर्माण शैलि र गुम्बामा राखिएको बुद्धि मूर्ति पनि तीन सम्प्रदायका छन्।

पालकोर गुम्बाको छोछिन दरबारको पाँच सयभन्दा लामो इतिहास भइसकेको छ। दरबारको मुख्य हलमा त्रिकाल बुद्ध राखिएका छन् भने दुवैपट्टि पूर्व तथा पश्चिममा सुखावती हलको निर्माण गरिएको छ। तीन वटा सम्प्रदाय मिलेर बसेकोले गुम्बाका मूर्ति पनि अरु गुम्बाकोभन्दा निकै फरक देखिन्छन्। मुख्य हलको उत्तर-पश्चिमतिर मैत्रिय बुद्धको सुनको जलप लगाइएको तामाको मूर्ति राखिएको जसको उचाइ आठ मिटर छ। भनाइका अनुसार, सो मूर्ति चौध हजार केजीको तामाबाट बनाइएको हो। छोछिन दरबारको दोस्रो तलामा लाचि दरबार रहेको छ। गुम्बाको सर्वोच्च लाचि बैठक यहीँ आयोजना गरिन्छ। छेउमा रहेको च्योदङ दरबारमा राखिएको तीन मिटर अग्लो तीन-आयामी मण्डला, पूर्वी दरबारमा राखिएको मञ्जुश्री बुद्ध र अर्हत मूर्तिको इतिहास पाँच सय वर्षभन्दा लामो भइसकेको छ। तेस्रो तलामा स्यायेलाखाङ दरबार छ त्यहाँ राखिएको षट्कोण आकृतिको कमल कैसून निकै दुर्लभ छ।

पालकोर गुम्बाको भित्ते चित्र पनि निकै नामी छ जसमा मुख्यतः बौद्ध धर्मको कथा र जातक कथा देखाइन्छ। तिब्बतका अरु गुबाको भित्ते चित्र कोर्ने तरिकाभन्दा पनि यो विशेषतायुक्त छ। पृष्ठभूभिको प्रकाश पालकोर गुम्बाको भित्ते चित्रको एक महत्वपूर्ण विशेषता हो जसमा शीर्ष प्रकाश र मध्यम भाग प्रकाश लगायत छन्। पृष्ठभूभिको प्रकाशको प्रयोग निकै राम्रो छ र रङ्ग पनि प्रशस्त छन् त्यसैले अति भव्य तथा सुन्दर देखिन्छ तर गाढा देखिँदैन।

पालकोर गुम्बाको भित्ते चित्रको विवरणमा उल्लेखअनुसार, यी भित्ते चित्रहरु मुख्यतः लाच जिल्ला, खाङमा जिल्ला र ल्हासाको निमु जिल्लाका कलाकारले कोरेका हुन्। विभिन्न शाखा तथा सम्प्रदायको चित्र शैलि अलगै कोरिन्छ तर मेलमिलापयुक्त रुपमा एकै गुम्बामा पाइन्छ। यसलाई चौधौँ तथा पन्ध्रौँ शताब्दीमा तिब्बती बौद्ध धर्म कलाको पूर्ण विकासको प्रतिनिधि पनि मानिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान