तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

चालीस वर्षमा सत्तरी करोड जनसंख्या गरिबीबाट मुक्त

2018-12-28 11:23:14

चीनको राज्य परिषदअन्तर्गत गरिबी निवारण कार्यालयका प्रमुख लिउ युङ फुले हालै पैचिङमा जानकारी दिनुभएअनुसार, चीनको सुधार तथा खुलापन नीति लागू भएको चालीस वर्षयता चीनले मानवको इतिहासमा सबैभन्दा ठूलो परिमाणको गरिबी न्युनीकरण प्रक्रिया शुरु गरेको थियो। अहिलेसम्म करीब सत्तरी करोड ग्रामीण गरिब जनसंख्या गरिबीबाट मुक्त भएको छन्। सन् 2020 सम्म वर्तमान मापदण्डबमोजिम चीनको ग्रामीण गरिब जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त हुने, सबै गरिब जिल्लाहरू सम्पूर्ण रुपमा गरिबीबाट मुक्त हुने अनुमान गरिएको छ। चीनको विशेषतायुक्त गरिबी न्युनीकरण बाटोले चमत्कारको सिर्जना गर्दैआएको छ।

चालु वर्ष चीनमा सुधार तथा खुलापन नीति लागू भएको चालीसौं वार्षिकोत्सव हो। विगत चालीस वर्षयता चीनको ग्रामीण क्षेत्रको गरिबी दर 97.5 प्रतिशतबाट क्रमशःघटेको छ। सन् 2018 मा ग्रामीण क्षेत्रको गरिबी दर 2 प्रतिशत पुग्ने अनुमान गरिएको छ। चीनको राज्य परिषदअन्तर्गत गरिबी निवारण कार्यालयका प्रमुख लिउ युङ फुले चीनको गरिबी निवारण विकासले उल्लेखनीय उपलब्धि हासिल गरेको, उसको मुलभूत कारण चीनको राष्ट्रिय अवस्थासित अनुकूल भएको र चीनको विशेषतायुक्त गरिबी न्यूनीकरण बाटो अन्वेषण गरिएकाले नै यस्तो नतिजा प्राप्त भएको उहाँले बताउनुभयो। लिउ युङ फुले भन्नुभयो “चीनको विशेषतायुक्त गरिबी न्यूनीकरण बाटोको मुख्य विशेषता के हो भने चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व र सरकारको निर्देशन हो। चीनको जनसंख्या धेरै छ, गरिब जनसंख्या पनि धेरै छ। दोस्रो विशेषता, हामीले क्षेत्रीय विकास र जन श्रोत साधनको विकास गरेका थियौं। अर्को विशेषता, बहु पक्षले गरिबी न्यूनीकरणको मूल्याकंन गरेका छौँ।”

सन् 2013 देखि हालसम्म चीनमा हरेक वर्ष करीब एक करोड गरिब जनसंख्या गरिबीबाट मुक्त हुँदै आएका छन्। हाल चीनको गरिबी निवारणको महत्वपूर्ण कार्य र कठिनाइ कमजोर प्राकृतिक पूर्वाधार, कमजोर आर्थिक आधार र अति गरिब क्षेत्रहरूको गरिबी निवारण कार्य हो। ती क्षेत्रहरूमा तिब्बत स्वायत्त प्रदेश र छिङ हाई, युन नान, स छ्वान, कान सु गरी चार प्रान्तका तिब्बती प्रशासनिक क्षेत्रहरू, सिन्च्याङ युगुर स्वायत्त प्रदेशको दक्षिणी भाग, स छ्वान प्रान्तीय ल्याङ शान क्षेत्र, युन नान प्रान्तीय नू च्याङ क्षेत्र, कान सु प्रान्तीय लिन स्या क्षेत्र, गरिबी दर 18 प्रतिशतभन्दा बढी पुगेका गरिब जिल्ला तथा गरिबी दर 20 प्रतिशतभन्दा बढी पुगेका गरिब गाउँ समावेश छन्। लिउ युङ फुका अनुसार, चीनका 334 अति गरिब जिल्लाको गरिबी निवारण आगामी दुई वर्षमा चीनको गरिबी निवारणको महत्वपूर्ण कार्य हो।

हाल चीनमा करीब तीन करोड गरिब जनसंख्या छ। लिउ युङ फुकाअनुसार, हाल सन् 2020 सम्ममा वर्तमान मापदण्डबमोजिम गरिबी हटाउने लक्ष्य साकार हुन दुई वर्ष बाँकी रहेको छ। चीनले गरिबीबाट मुक्त हुन सक्दो प्रयास गर्ने छ। उहाँले भन्नुभयो “सन् 2020सम्म वर्तमान मापदण्डबमोजिम गरिब जनसंख्याको आम्दानी चार हजार चिनियाँ युआनभन्दा बढी पुग्ने छ। खाना र लुगाको चिन्ता छैन। अनिवार्य शिक्षा, आधारभूत चिकित्सा, आबास प्रत्याभूति गरिने छ। यो हाम्रो न्यूनतम मापदण्ड हो। ती समस्याहरू समाधान नगरिएमा गरिबीबाट मुक्त भएको कुरा भन्नसकिँदैन।”

यसका साथै लिउले भन्नुभयो, चीनले अन्तर्राष्ट्रिय गरिबी न्युनीकरण अनुभव सिकिरहेको, अफ्रिका, ल्याटिन अमेरिका, आशियान र “बेल्ट एण्ड रोड”आबद्ध मुलुकहरूसँग गरिनी न्युनीकरणको सहयोग गरिरहेको, अन्तर्राष्ट्रिय गरिबी न्यूनीकरण कार्यका लागि योगदान दिइरहेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान