हाल क्वै चौ प्रान्तीय पि चे शहरको ह च्वाङ गाउँ मुला भित्र्याउने सिजनमा प्रवेश भएको छ। खेतबारीमा मुला उखेलिरहेको दृश्य देखिन्छ। सन् २०१७ देखि ह च्वाङ गाउँले “कम्पनी जोड सहकारी जोड किसान”को ढाँचामार्फत पाँच सय मू अर्थात् ३३.३३ हेक्टर बराबरको जमीनमा मुला रोपेको थियो जसबाट स्थानीय किसानहरूलाई धनी बनाउन सहयोग पुर्याइएको छ।