सन् १९५३ जुलाई १५ तारिख पहिलो मोटर गाडी कारखानाको शिलान्यास समारोह चीनको चि लिन प्रान्तीय छाङ छुन शहरमा भएको थियो। त्यसै गरी सन् १९५६ जुलाई १३ तारिख चीनले पहिलो पटक आफैले च्य फाङ ट्रेड मार्काको मोटर गाडी उत्पादन गरेको थियो। योसँगै चीनले आफैले मोटर गाडीको उत्पादन गर्नसक्ने नयाँ इतिहास कोरियो। सत्तरी लाख गाडीको उत्पादनले चीनको गाडी उद्योग नभएको अवस्थाबाट भएको अवस्थासम्म र कमजोर अवस्थाबाट बलियो अवस्थासम्मको ठूलो परिवर्तन साक्षी बनेको छ।