च्याङ सु प्रान्तीय च्याङ यिन शहरको व्हा सी गाउँ चीनको सुधार तथा खुलापनबाट सबैभन्दा पहिला धनी बनेको गाउँ हो। विगतका वर्षहरूमा व्हा सी गाउँले विकास क्रममा धेरै पटक “प्रथम स्थान” हासिल गरेको छ। स्थानीय वासिन्दाका आँखामा आबास, अग्लो भवनबाट गाउँको विकास क्रम देखिएको छ।