नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

थाइ वानको अवलोकन

2014-11-04 14:55:50 CRI

                                                                                                                     थाइ वानको अवलोकन

        थाइवान टापूको अवस्थितिले शीतोष्ण र उष्ण कटिबन्धलाई नाघेको हुँदा त्यो उष्ण र उप-उष्ण कटिबन्धमा पर्दछ। त्यसको चारैतिर समुद्रले घेरिएको हुँदा समुद्री मनसुनी हावाले गर्दा बाह्रैमास मौसम निकै आनन्ददायी खालको छ। त्यहाँ हिउँद याममा कठाङ्ग्रिने चिसो पनि हुँदैन र गर्मी याममा टन्टलापुर घामले पोल्ने दिन पनि हुँदैन। अग्ला-अग्ला पहाड बाहेक त्यहाँ वर्षभरिको ‌औसत तापक्रम 22 डिग्री सेल्सियस कायम रहन्छ। सामान्यतया वर्षलभरि नै हिउँ र तुषारो देख्न पाइन्दैन। त्यहाँको हिम-रेखा समुद्र सतहदेखि 3000 मीटरभन्दा माथि पर्दछ। थाइवानमा प्रशस्त पानी पर्छ र साथै समुद्री आँधीले पनि यसलाई समय-समयमा निकै दु:ख दिनेगरेको छ।

        थाइवानमा वन-जंगलले ढाकिएको क्षेत्रफल समस्त प्रान्तको कुल क्षेत्रफलको आधाभन्दा बढी छ जुन यूरोपको प्रख्यात "पहाडी वन-मुलुक" कहलिने स्वीट्जरल्याण्डमा रहेका वन-जंगलको क्षेत्रफलको दुइ गुणाभन्दा पनि बढी छ। त्यहाँ काठहरुको संचिति मात्रा 30 करोड घनमिटरभन्दा बढी छ। मौसममा आउने ठाडो परिवर्तनले गर्दा थाइवानका रुखहरुको जात विविधतापूर्ण छ। यसमा उष्ण कटिबन्धीय, उप-उष्ण कटिबन्धीय, शीतोष्ण कटिबन्धीय र शीत कटिबन्धीय क्षेत्रमा पाइने करिब 4000 जातका रुखहरु पाइन्छन्। यसैले यसलाई एशियाको नामी प्राकृतिक वनस्पति उद्यान मानिएको छ। थाइवान प्रान्तको नगदे वनको क्षेत्रफलले कुल वन-क्षेत्रफलको लगभग पाँच भागमध्ये चार भाग ओगटेको छ। थाइवानको कपूरको रुख विश्वमै प्रख्यात छ। यसबाट प्रशोधित कपूरको डल्लो र कपूरको तेल थाइवानका स्थानीय विशेष वस्तु हुन्। त्यसको उत्पादन मात्राले विश्वको कुल उत्पादन मात्राको 70 प्रतिशत ठाउँ ओगटेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान