नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

राष्ट्रपति भण्डारीद्वारा चीन नेपाल आर्थिक तथा व्यापार फोरमलाई सम्बोधन

2019-04-28 19:06:57

राष्ट्रपति भण्डारीद्वारा चीन नेपाल आर्थिक तथा व्यापार फोरमलाई सम्बोधन

    आइतबार २८ तारिख बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले चीन नेपाल आर्थिक तथा व्यापार फोरमलाई सम्बोधन गर्नुभएको छ। उहाँले चीन नेपालको सबैभन्दा विश्वासिलो र भरपर्दो विकास साझेदार भएको र नेपालको सामाजिक आर्थिक विकास प्रयासहरूमा चीन सरकार तथा चिनियाँ जनताहरूले निरन्तर रूपमा पुर्याउँदै आएको समर्थन र सहयोगका लागि नेपाल सरकार तथा नेपाली जनताले सदैव सराहना गर्ने बताउनुभयो। उहाँले प्राकृतिक र मानव स्रोतले भरिपूर्ण भए तापनि विकासका संभावनाहरूबाट लाभ लिन पर्याप्त भौतिक स्रोतसाधन र प्रविधिको कमी भएको औंल्याउँदै बीआरआईले लगानीका थप अवसरको ढोका खोलेको पनि बताउनुभयो।

राष्ट्रपति भण्डारीद्वारा चीन नेपाल आर्थिक तथा व्यापार फोरमलाई सम्बोधन

    राजनीतिक स्थायित्वले नीतिगत स्थिरता एवम लगानीकर्ताहरूको सुरक्षालाई सुनिश्चित गरेको बताउँदै नेपालमा लगानी मैत्री वातावरण बनेको साथै लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिएको पनि बताउनुभयो। भर्खरै सफलतापूर्वक आयोजित लगानी सम्मेलनमा चिनियाँ उद्यमीहरुको उपस्थिति सबैभन्दा ठूलो रहेको पनि बताउनुभयो।

    उक्त फोरममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि सम्बोधन गर्नुभएको थियो। साथै लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीलगायत भ्रमण दलका उद्यमी सदस्यले पनि नेपालमा लगानीमैत्री वातावरणका साथै प्रचुर सम्भावना रहेको मन्तव्यको क्रममा राखेका थिए।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान