नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

सुधार तथा खुलापन लागू भएको ४०औं वार्षिकोत्सवः यातायातको सुधार

2018-12-07 09:26:12
सन् १९८३ मा क्वाङ तु प्रान्तीय मै जिल्लामा पहिलो पटक नागरिक विमान अवतरण गरेको क्षण हेर्न युवायुवतीहरूको ठूलो भिड लागेको थियो।

चीनमा सुधार तथा खुलापन लागू भएपछिको ४० वर्षमा चीनमा यातायातको विकास तथा सुधारको क्रम जारी छ। आधुनिक द्रुत रेलमार्ग(हाइस्पिड रेल), व्यापक क्षेत्र ढाकिने हवाइमार्ग, विकसित शहरी लीग तथा इन्टर्नेटमार्फत अडर गर्नसकिने गाडीको सहज तथा सरल नेटवर्क लगायत विविध किसिमको यातायात मोडलले सर्वसाधारण चिनियाँको दैनिक जीवन एवम् विचार गर्ने प्रवाहलाई परिवर्तित गरिरहेका छन्। यसै क्रममा विश्वको यातायात इतिहासलाई नै ध्यानाकर्षित गरिने ‘चीनको गति' तथा ‘चिनियाँ मोडल' सिर्जना भएको छ।

फोटोको व्याख्याः

१. सन् १९८३ मा क्वाङ तु प्रान्तीय मै जिल्लामा पहिलो पटक नागरिक विमान अवतरण गरेको क्षण हेर्न युवायुवतीहरूको ठूलो भिड लागेको थियो।

२. सन् १९९१ मा हैलुङच्याङ प्रान्तका टाउन्सिपहरूको सडकमा गधाले तान्ने साधन तथा गाडीको सामान्य प्रयोग गरिन्थ्यो।

३. सन् १९९६ मा राजाधानी पैचिङमा एक युवा जोडी एउटै साइकल चढेको दृश्य।

४. सन् १९९७ मा राजधानी पैचिङमा पहिलो सार्वजनिक बस लेन सञ्चालनमा आएको थियो।

५. सन् १९९७ को चिनियाँ नव वर्षको अवसरमा पैचिङमा काम गर्नेहरू बसबाट घर फर्कँदै गर्दाको दृश्य।

६. सन् २००० मा सर्वसाधारणले विमान चलाउन सिक्नु नयाँ प्रवाह बनेको थियो।

७. सन् २०१२ को डिसेम्बर २६ तारिख पैचिङ-क्वाङ तुङ हाइस्पिड रेल सञ्चालनमा आएको थियो। एक हु नान प्रान्तीय बासिन्दा रेलको छेउमा फोटो खिच्दै।

८. सन् २०१६ मा ट्याक्सीको सुधार तथा इन्टर्नेटमार्फत गाडी अडर गर्ने नयाँ नियम लागू भएपछि च्याङ सु प्रान्तीय नानचिङको सडकमा युबर गाडी पाउन थालियो।

९. सन् २०१७ को अप्रिल २६ तारिख आनह्वी प्रान्तीय हफै शहरमा स्थानीयहरूले ‘शेयर बाइक' राखिने ठाँउबाट साइकल लिँदै गरेको दृश्य।

१०. सन् २०१७ को जुन ७ तारिखबाट हङकङ-चुहाइ-मकाउ पुलको सामुन्द्रिक सुरूङ सञ्चालनमा आएको छ।

११. सन् २०१८ को नभेम्बर ५ तारिख ‘उड्नसक्ने गाडी' पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा प्रदर्शित गरियो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान