नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

तिमी मेरो हात र म तिम्रो खुट्टा - अपाङ्ग श्रीमान-श्रीमती

2018-12-05 09:50:51

लिऊ हाई र ली मैवन भित्री मंगोलिया स्वायत्त प्रदेश खौ हच बस्तीमा बस्ने एक दम्पति हुन्। सन् १९९७ मा २५ वर्षको उमेरमा लीउ हाईले काम गर्दैगर्दा करेन्ट लागेका कारण दुवै हात गुमाए। सोही साल जन्मथलो क्वाङ सीमा १३ वर्षीय ली मैवनले दुर्घटनामा दुवै खुट्टा गुमाइन् र बैशाखीको सहयोगमा हिंड्न सिकिइन्।

सन् २००७ मा हाईले टेलिभिजनमार्फत ली मैवनको कथा थाहा पाए र उनीसँग सम्पर्क गरे। अनि दुई जना सँगसँगै बसेमा पूरै हात र खुट्टा हुने र अझ राम्ररी जीवन बिताउन सकिने बचनबद्धता हाईले मैवनलाई गरे। विवाहदेखि हाल (११ वर्ष) सम्ममा हाई र मैवनले दुई हात र दुई खुट्टाद्वारा सहयोग गरेर गृहकार्य गर्दैआएका छन्। सागपातको रोपन र कुखुरापालन आदि कृषि कार्यमा उनीहरु सफल भएका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान