नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

“हजुरबुबा चङको नासपाती” इलेक्ट्रोनिक वाणिज्य चौतारोमार्फत बिक्री गरिएको कथा

2018-01-26 09:47:21

चीनको उत्तर-पश्चिमी पल्लो शान सी प्रान्तको छेन जिल्लामा हजुरबुबाको नासपातीको प्रचुर फसल लागेको तर बिक्री गर्न निकै गाह्रो भएको छ। चालू वर्ष 74 वर्षीय हजुरबुबा चङलाई यसप्रति चिन्ता लाग्यो। नवोदित इलेक्ट्रोनिक वाणिज्य चौतारो “फिन तो तो”को प्रयासमा “हजुरबुबा चङको नासपाती” छिटै इलेक्ट्रोनिक वाणिज्य चौतारोमा लोकप्रियता प्राप्त उत्पादित-वस्तु बनेको छ। हाल हजुरबुबा चङ परिवारको सात हजार पाँच सय किलोग्रामका नासपाती सम्पूर्ण रुपमा बिक्री गरिएको छ। विशेषज्ञको विचारमा इलेक्ट्रोनिक वाणिज्यमार्फत गरिबी निवारण कृषिको उत्पादनको नयाँ ढाँचा बन्ने छ। हजुरबुबाका नासपाती बिक्री हुने गाह्रो भएको अवस्थबाट कसरी सजिलो रुपमा बिक्री भएको अवस्था बनेको छ त?

पल्लो शान सी प्रान्तको छेन जिल्लाको याङ मू गाउँमा बसोबास गरिरहेका हजुरबुबा र उनकी श्रीमान बुढी भैसकेकी छन्। हजुरबुबाले फलफूल रुखको हेरचाह गर्न निकै अप्ठ्यारो भएको छ। त्यसैले उनले रोपेको नासपातीको अनुहार त्यति राम्रो रहेन। ती नासपाती सस्तो मूल्यमा मात्रै बिक्री गरिएको छ। शुरुमा एक सय साठी किलोग्रामको नासपाती दश चिनियाँ युआन मात्रै बिक्री गरिएको छ।

हजुरबुबा चङको नासपाती बिक्री हुन गाह्रो भएको सूचना प्रचार-प्रसार गरिएपछि केही इलेक्ट्रोनिक वाणिज्य चौतारोहरूले उनीमाथि ध्यान दिएका छन्। “फिन तो तो” ती चौतारोहरुमध्येको एक हो। हजुरबुबा चङकी बुहारी छन स्याउ फङ भन्छिन् “चालू वर्ष नासपाती बिक्री हुन निकै गाह्रो भयो। हाम्रो मूल्य पनि निकै कम भएको छ। चालू वर्ष मेरो परिवारले सात हजार पाँच सय किलोग्रामको नासपाती भित्र्याएको छ। त्यसपछि इलेक्ट्रोनिक वाणिज्य चौतारीले हरेक किलोग्राम दुई चिनियाँ युआनको मूल्यमा नासपाती लगेको छ। प्याकेजिङ र ढुवानी इलेक्ट्रोनिक वाणिज्य कम्पनीद्वारा गरिएको र हामीले कुनै पनि पैसा तिरेका छैनौं।”

थाहा भएअनुसार, इलेक्ट्रोनिक वाणिज्य चौतारो “फिन तो तो”ले लामो समयमा किसानको वस्तुगत कठिनाइमाथि ध्यान दिइरहेको र उपभोक्ता र किसानबीचको पुल बनाउन प्रयास गरिरहेको छ। “फिन तो तो” टोलीको प्रयासमा हजुरबुबाको नासपाती इन्टर्नेटमा राखिएपछि छिटो रुपमा बिक्री गरिएको छ।

चालू वर्षमा हजुरबुबा चङको मातहत चु कान बस्तीको नासपातीको उत्पादित-मात्रा एक करोड पचास लाख किलोग्राम छ। चु कान बस्तीका निर्देशक वाङ छाउले इलेक्ट्रोनिक वाणिज्य चौतारोले बस्तीमा बिक्री हुन बाँकी रहेको नासपातीलाई सम्पूर्ण रुपमा बिक्री गर्न मद्दत दिनसक्ने आशा व्यक्त गर्नुभयो।

“फिन तो तो”का उप महाप्रबन्धक श्रीमती क श्वाङले उहाँको कम्पनीले किसानलाई मद्दत दिने परियोजनालाई निरन्तर रुपमा चलाउने, किसानलाई गरिबी न्यूनीकरण र आम्दानी बढाउन मद्दत दिने, साथै उपभोक्तालाई उत्तम गुणस्तरका उत्पादित-वस्तु पाउन मद्दत दिने कुरा बताउनुभयो। क श्वाङ भन्नुहुन्छ “हामीले किसानलाई मद्दत दिने परियोजनालाई निरन्तर रुपमा चलाउने, इलेक्ट्रोनिक वाणिज्य चौतारोमार्फत कृषि उपजलाई इन्टर्नेटमा बिक्रि गर्न मद्दत दिने, किसानलाई गरिबी न्यूनीकरण र आम्दानी बढाउन मद्दत दिने गरेका छौं।”

चु कान बस्तीका निर्देशक वाङ छाउले हाल स्थानीय सहकारी र इलेक्ट्रोनिक वाणिज्य चौतारोले स्थापना गरेका सहयोगात्मक सम्बन्धले बजारको उतारचढाव अवस्थामा किसानको हितमा असर नपार्ने प्रत्याभूति गरेको कुरा बताउनुभयो। वाङ छाउ भन्नुहुन्छ “हामीले इलेक्ट्रोनिक वाणिज्य चौतारोसँग बिक्री माध्यमको स्थापना गरेका छौं। आगामी दिन हामीले हाम्रो सहकारी र इलेक्ट्रोनिक वाणिज्य चौतारोले स्थापना गरेको स्थिर सम्बन्धमार्फत हाम्रो उत्कृष्ट उत्पादित-वस्तुको बिक्री गर्ने छौं।”



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान