नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

सोङ्ग राजवंशकालका प्रसिद्ध इमानदार जनरलहरु2

2018-01-24 16:32:31

जनरल चुङ्ग चको नेतृत्वमा सोङ्ग सेनाले सफलताका साथ जीन सेनाको आक्रमणको प्रतिरोध गरेको थियो। जीन सेनालाई उनको नाम सुनेर चिन्ता र डर लाग्थ्यो। उनले सरकारसमक्ष धेरैपटक उत्तरतिर आक्रमण गरेर गुमाएको उत्तरी क्षेत्र फेरि आफ्नो हात पार्न सुझाव दिएका थिए। तर कमजोर सरकारले उनको योजनालाई समर्थन गरेन। सत्तरी वर्षे बुढा चुङ्ग चले आफू मर्ने बेलामा समेत सेनाहरूलाई याङ्ग सी नदी पार गर्नू भनेर तीनपटक उच्चारण गरेका थिए।

आजको चिनारी कार्यक्रममा अर्को प्रसिद्ध जनरल हान श चुङ्गको कथा सुनाउँछु।

नान सोङ्ग अर्थात दक्षिण सोङ्ग राजवंशको सुरुमा जीन सेनाले धेरैपटक दक्षिणतिर आक्रमण गरेको थियो। सोङ्ग सेना र जनताले दृढताका साथ प्रतिवाद गरेका हुनाले जीन सेनाका सबै आक्रमण विफल भए। सन् 1130 मा जीन सेनाका जनरल उ चुले फेरि सेनाको नेतृत्व गर्दै दक्षिण सोङ्गमाथि आक्रमण गरेका थिए। जीन सेना र सोङ्ग सेनाले याङ्ग सी नदीनजिकै चेन च्याङ्ग क्षेत्रमा युद्ध लडेका थिए। सो युद्धमा सोङ्ग सेनाका जनरल हान श चुङ्गले आठ हजार सैनिकको नेतृत्व गरेका थिए। अर्कोतिर जीन सेनाको संख्या एक लाख थियो। त्यस क्रममा जनरल हानले जीन सेनाले लामो यात्रा तय गरेबाट थकित हुनाकासाथै स्थानीय भौगोलिक परिस्थिति तथा नदीमा कसरी युद्ध गर्ने बारे ज्ञान नभएको विश्लेषण गरेका थिए। अनि उनले जीन सेनाको कमजोरीप्रति उचित योजना प्रस्तुत गरे। अन्तिम युद्धमा जनरल हान आफैले सेनाको नेतृत्व गर्नुका साथै उनकी श्रीमती ल्याङ्ग हुङ्ग युले एउटा जहाजमा ढोल बजाएर सेनालाई उत्साह प्रदान गरेकी थिइन्। युद्धको क्रममा जीन सेनामा धेरै क्षति पुग्नुका साथै मुख्य जनरल उ चुको ज्वाइँ पनि पक्राउ परेको थियो। जीन सेनाको एउटा जहाज याङ्ग सी नदीको ह्वाङ्ग थ्यान ताङ्ग नामक क्षेत्रमा भागेर लुकेको थियो। सोङ्ग सेनाले उक्त क्षेत्रमा जीन सेनालाई घेरेर राखेको थियो तर 48 दिनपछि जीन सेनाको त्यस समूह र जहाज बाक्लो तुवाँलो लागेको अवस्थामा त्यहाँबाट भाग्न सफल भएको थियो।

जनरल हान श चुङ्गले आठ हजार सेनाको नेतृत्व गरेर एक लाख शत्रुको प्रतिवाद गरेका हुनाले सोङ्ग राजवंशको इतिहासमा उनी निकै प्रसिद्ध छन्। युद्धमा उनकी श्रीमतीले देखाएको साहसी गतिविधि पनि हालसम्म लोकप्रिय छ। त्यो युद्धका कारणले गर्दा जीन सेनाले याङ्ग सी नदीको दक्षिणतिर आक्रमण गर्ने आँट गरेन्न। नान सोङ्ग अर्थात दक्षि‍ण सोङ्गको शासन अस्थायी रुपमा सुरक्षित बनेको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान