नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

स्वतन्त्र फोटोग्राफर यान च र उनको सपना

2014-11-04 16:09:29 CRI

स्वतन्त्र फोटोग्राफर यान च र उनको सपना

         सन्2014 जुलाई महिनामा ब्राजिल विश्व कपको संयोजन अवधि थियो। त्यसबेला यान पोखरामा बसिरहेका थिए। एक फूटबलप्रसंशकको रुपमा यानले धेरैजसो फेवाताल नजिक स्थानीय नेपाली बालबालिकाहरुसँग फूटबल खेले। हाल विश्वको लोकप्रिय पर्यटकीय पवित्र स्थल बनेको फेवाताल नजिक बालबालिकाहरुका लागि यसरी ठूलो फूटबल खेलमैदानलाई कायम राख्ने कुरा यानलाई निकै प्रभावकारी लाग्यो। यस्तो सफा तथा आदिम कालको वातावरण र स्थानीय बालबालिकाको हार्दिक भावनाले यानको मनमा गहिरो छाप पारेको छ। यानले जनाएअनुसार यस पटकको नेपालको भ्रमणमा एक सानो अनुभवबाट उनलाई निकै गहिरो प्रभाव पारेको थियो। उनले साथीसँग रेस्टुरेण्टमा खाना खाएपछि आफ्नो वालेट लिन बिर्सिए। तर ढोका बन्द भएको रेस्टुरेण्टले उनको बालेटलाई निरन्तर सुरक्षित रुपमा राखिदिएको थियो। यसप्रति यानले भन्छन्: धेरै नेपालीहरुसँग राम्रो आम्दानी छैन। तर उनीहरुसँग आफ्ना सपना छन्। उनीहरुले स्पष्ट रुपमा केही भौतिक प्रलोभनलाई अस्वीकार गर्ने सामर्थ्य राख्दछन्। मैले नेपाली जनताप्रति अझ सम्पर्क तथा सम्झना गर्न साँची राख्छु।

         नेपाल विश्वमा सबैभन्दा खुशीलाग्दो मुलुक मानिन्छ। स्वदेशमा फोटोग्राफी व्यवसायको गहन बजारीकरणको वातावरण शिथिल लागेका कारण यानले काठमाण्डौंमा फोटोग्राफी कार्यालयको स्थापना गर्ने निर्णय गरेका छन्। उनले दुई वर्षको समय लिई नेपालका विभिन्न ठूला शहरको जीवनयापन, पर्यटन आदि स्रोत तथा ज्ञान हासिल गरेका छन्। सन्2014को अन्तमा उनको यो सपना पूरा हुनसक्ने छ।

         नेपालमा कार्यालय स्थापनाका लागि सम्बन्धित प्रावधान-प्रक्रिया निमल्ने जस्ता चुनौती उनका सामु छन्। तर यानको विचारमा यी सबै चुनौती समाधान गर्नसकिन्छ। उनको मनमा सबैभन्दा ठूलो समस्या भनेको आफ्नो फोटो रचनालाई कसरी विस्तार गरेर अझ बढी मान्छेसँग मनको भावनाको अनुभव गर्ने भन्ने हो। उनले यसरी भन्छन्:

        यस कार्यालयले कति पैसा कमाउने कुराप्रति मैले केही ध्यान दिएको छैन। केही राम्रो फोटो खिच्ने बेलामा मलाई निकै खुशी लाग्छ। यस्तो अनुभव र पैसासित सम्बन्ध छैन।

        यान चेको लागि एक पेशागत क्यामरा बोक्नुबाट अझ स्पष्ट फोटो खिच्नसक्नु भन्ने अर्थ अभिव्यक्त भएको होइन तर एक रङ्गीचङ्गी जीवन भन्नेमा महत्व रहेको छ। हाम्रो विश्वास छ: यान चेले आफ्नो क्यामरासँग अझ उज्यालो भविष्यको स्वागत गर्नसक्छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान