नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

स्वतन्त्र फोटोग्राफर यान च र उनको सपना

2014-11-04 16:09:29 CRI

स्वतन्त्र फोटोग्राफर यान च र उनको सपना

         आफ्नो सपना तथा विश्वासमा झन झन द्दढ हुँदै यानले आफ्नो फोटोग्राफी कार्यालयको स्थापना गर्न थाले। उनको पहिलो र दोस्रो कार्यालय बेग्ला बेग्लै रुपमा सन्2010 सान यामा र सन्2012 मा ल्हासामा स्थापित भए। हाल यानको फोटोग्राफी कार्यालयको मुख्य कार्य यात्रुहरुका लागि यात्रा फोटो र विवाह फोटो खिच्नु हो। साथै उनले आफ्नो ग्राहकलाई भाषा अनुवाद,खाना तथा आवास,पर्यटन निर्देशन र फोटोग्राफी लगायत चौतर्फी सेवा प्रदान गर्छन्। यानको फोटोग्राफी कार्यालयसँग अर्को विशेषता पनि रहेको छ। यो विशेषता भनेको योजना, फोटोग्राफी र फोटोलाई सुन्दर बनाउनु लगायत सबै काम यान एउटै मान्छेद्बारा एकै ठाउँमा गर्ने भन्ने हो। ग्राहकसँग प्रत्यक्ष सम्पर्कको तरिकामार्फत् फोटोग्राफर र ग्राहकलाई पूर्णरुपमा सन्तुष्टि लाग्ने फोटो बनाउनसकिन्छ।

         आफ्नो पहिलो कार्यालय स्थापना भएदेखि हालसम्म एक स्वतन्त्र फोटोग्राफरका सामु विविध चुनौती र बाधा देख्छन् तर यान चले यी चुतौतीलाई एक खुशीको कुरा मान्छन्। उनले यसरी भने:मेरो विचारमा फोटो खिच्नु बाँच्नका लागि एक काम होइन तर एक खुशीलाग्दो कुरा हो। वर्तमानमा फोटो खिच्नु काम मेरो इच्छासित अलि अलि मिलेको छैन। त्यसैले दक्षिण-पूर्वी एशिया क्षेत्रमा केही प्रेरणा खोज्ने आशा मैले गरेको छु।

         यानले आफ्नो कार्यालयलाई "घोडा जस्तै सपना फोटोग्राफी कार्यालय"भन्ने नाम साबित गरेका छन्। हाल उनले यस घोडा चढेर नेपालमा नयाँ र फरक भावनाको अनुभव गर्न थाले।

         दक्षिण पूर्वी एशिया क्षेत्रका हरेक मुलुकसँग आफ्नो विशेष मानवीय तथा प्राकृतिक दृश्य रहेको छ। किन नेपाल छान्ने भन्ने प्रश्नप्रति यानले यसरी जवाफ दिन्छन्: यस मुलुकलाई शब्दमा व्याख्या गर्न सकिदैंन भन्ने जादूको भावनाले मलाई आकर्षण गर्दछ। उनले नेपालको धेरै पटकको यात्रा गरेको थिए। हरेक यात्रामा नयाँ भावनाको अनुभव गनसकिन्छ। उनी भन्छन्:नेपालोको पहिलो यात्रामा चितवनले मेरो मनमा गहिरो छाप पारेको छ। हरेक दिन दिउँसो मैले राप्ती नदी नजिक बसेर बियर खादै सूर्यास्त हेर्ने गर्थें। त्यो एकदमै आनन्दको अनुभव हो। दोस्रो यात्रामा मैले पोखरालाई सबैभन्दा मन पराएँ। यस शहरको शान्त तथा सुन्दर दृश्यले मान्छेको मनलाई शान्त बनाउनसक्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान