नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

स्वतन्त्र फोटोग्राफर यान च र उनको सपना

2014-11-04 16:09:29 CRI

स्वतन्त्र फोटोग्राफर यान च र उनको सपना

सपनाको खोजीमा हिंड्ने बाटोमा कुनै हिच्किचाहट होस् वा यथार्थ गतिविधि होस्? यस प्रश्नको जवाफ दिँदै 31 वर्षका फोटोग्राफर ल्यु यान चले कुनै शंका छैन भन्दै यसको निर्क्योल भविष्यमा गर्नेछन्। यात्रा र फोटोग्राफीलाई मिलाएर मन भावनालाई आफ्नो फोटो रचनामा राख्नु नै यान चको सपना हो। यस सपनामा केही स्वप्निल कारकतत्व रहेता पनि यान चले आफ्नो गतिविधिद्बारा यस सपनालाई वास्तविक तथा रङ्गीचङ्गी बनाउँदै आएका छन्।

         विश्वविद्यालयमा अध्ययनरत रहेका बेलामा एक आकस्मिक अवसर पाएर यान च र आफ्नो शिक्षकले विद्यालय टेलिभिजन स्टेशनका लागि केही फोटोग्राफी गरे। तत्कालदेखि एक पेशागत फोटोग्राफर बन्ने सपना यान चको मनमा पलाएको थियो। विश्वविद्यालयबाट स्नातक भएपछि यान चले शाङ्गहाइको एक इन्टरनेट कम्पनीमा काम गरे तर बजारीकरण र प्रणालीकरणमा पाइएको उपलब्धिबाट यानले सन्तुष्टी तथा गर्वको अनुभति गर्न सकेनन्। फूर्सतका बेलामा उनले फोटो खिच्ने विषयमा ज्ञान लिन सुरु थाले। प्रारम्भिक अवधिमा उनले इन्टर्नेटमा स्वसिकाइ वा केही सैलूनमा भाग लिए। सन्2008 मा यानले आफ्ना लागि पहिलो एस एल आर क्यामरा किनेका थिए। त्यसपछि उनले त्यो क्यामरा लिएर धेरै स्थलको यात्रा गर्दै फोटो खिच्न सुरु गरे। वर्तमान समाजमा इन्टर्नेटबाट फैलिएको अत्याधिक ज्ञान र अग्रसर फोटो खिच्ने उपकरणको फैलावटका कारणले गर्दा हरेक मान्छेले केही राम्रो फोटो खिच्नसक्छ। तर यी फोटोहरु पेशागत फोटोग्राफीभन्दा टाढा हुनसक्छन्। यसप्रति यानले भन्छन्: "फोटोग्राफीको चौतारोमा आफ्नो विशेष शैली स्थापना गर्ने क्रममा आवश्य नै केही चुनौती तथा बाधाहरुको सामना गर्नुपर्ने हुन्छ। अन्य मान्छेले चाहेर पनि सहयोग गर्नसक्दैन। मेरो उपाय भनेको यात्रा गर्नु हो भने विभिन्न स्थलको यात्रा गर्दा फोटो खिच्नका लागि नयाँ नयाँ प्रेरणा र उपायहरु फुराउन सकिन्छ।"

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान