नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

#अल्पसंख्यक जाति# चिनियाँ अल्पसंख्यक जातीय गीत सिड्नीमा-1

2019-12-24 17:05:59

डिसेबर १४ तारिख राति चिनियाँ अल्पसंख्यक च्वाङ जातीय ओपेरा “लिउ सान चे”  सिड्नी ओपेरा हाउसमा प्रदर्शनी गरिएको छ। विदेशी दर्शकहरूले उक्त ओपेराको उच्च मुल्याङ्कन गरेका छन्।


   च्वाङ जाति चीनका अल्पसंख्यक जातिहरुमध्ये सबैभन्दा बढी जनसंख्या भएको जाति हो। च्वाङ जाति चीनको दक्षिणी क्षेत्रको आदिबासी जाति हो। च्वाङ जातिको लामो इतिहास छ। दशौं हजार वर्षअघिदेखि च्वाङ जातिका मानिसहरु चीनको दक्षिणी क्षेत्रमा बसोबास गरेको देखिन्छ। यस जातिका मानिसहरुको बाहुल्यता अनुसार सन् १९५८ मा क्वाङ सी च्वाङ जातीय प्रिफेक्चरको स्थापना गरिएको थियो। च्वाङ जातिका मानिसहरु मुख्यतः कृषि पेशामा लागेका छन्। उनीहरु मुख्यतया गहुँ, मकै आदिको खेती गर्दछन्। च्वाङ चिन अर्थात् च्वाङ जातिले बनाएको कपडा च्वाङ जातिका मानिसहरुको परम्परागत हस्त-कला हो। च्वाङ जातिका मानिसहरु गीत गाउन मन पराउँछन्। च्वाङ जातिको बसोबास रहेको ठाँउलाई गीतको समुद्र भनिन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान