नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

#अल्पसंख्यक जाति# चीनको युननान प्रान्तमा अल्पसंख्यक जातीय संस्कृतिको सुरक्षा तथा विकास 1

2019-11-19 10:53:38

#अल्पसंख्यक जाति# चीनको युननान प्रान्तमा अल्पसंख्यक जातीय संस्कृतिको सुरक्षा तथा विकास 1

चीनको दक्षिण-पश्चिमी सीमा क्षेत्रमा पर्ने युन नान प्रान्त धेरै चिनियाँ अल्पसंख्यक जातिहरूको बसोबास क्षेत्र हो। लामो इतिहास, विविध संस्कृति र जातीय विविधता भएका हुनाले युन नान प्रान्त एक गैर-भौतिक सांस्कृतिक सम्पदा क्षेत्र बनेको छ। केही वर्ष यता युन नान प्रान्तले गैर-भौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै विकासलाई अगाडि बढाएको छ।


युन नान प्रान्त चीनको दक्षिण-पश्चिमी सीमा क्षेत्रमा पर्दछ। यहाँ धेरै थरिका अल्पसंख्यक जातिहरूको बसोबास छ र विविध संस्कृतिको एउटा विशेषतायुक्त क्षेत्र बनेको छ।


यी जाति युन नान प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक जातिहरूमध्ये एक जाति हो। यी जातिको परम्परागत सङ्गीतलाई “ता क” वा “था क” पनि भनिन्छ। यो युन नान प्रान्तीय वै शान जिल्लामा सबैभन्दा व्यापक, सबैभन्दा बढी प्रभावकारी र सबैभन्दा लोकप्रिय नाचगान हो। स्थानीय सर्वसाधारण च रूमिन प्रान्तीय गैर-भौतिक सांस्कृतिक सम्पदाको उत्तराधिकारी हुनुहुन्छ। उहाँले पातद्वारा सुमधुर सङ्गीत बजाउन सक्नुहुन्छ।

यहाँ विवाह, घर-आवासको निर्माण, मेला, चाड-पर्व आदि कार्यक्रममा “ता क” नाचगान गर्ने रीतिरिवाज छ। गैर-भौतिक सांस्कृतिक सम्पदाको उत्तराधिकारी च रूमिनले यसरी जानकारी दिनुभयो-

 “म ता लि प्रिफेक्चर वै शान जिल्लाबाट आएको “ता क” भने गैर-भौतिक सस्कृतिक सम्पदाको उत्तराधिकारी हुँ। “ता क” हाम्रो वै शान जिल्लामा ज्यादै लोकप्रिय छ। यो गीत, नाच र सङ्गीत मिलेको एक किसिमको कला हो। यो कला लगभग यी जातीयहरू सबैलाई आउँछ। किनकि हामीले बाल्यकालदेखि सिकेका छौं। बुवा-आमाले हामीलाई पिठ्यूँमा बोकेर नाचगान गर्दा हामी पनि सँगसँगै नाचेका छौं। सरकारले गैर-भौतिक सांस्कृतिक सम्पदाको उत्तराधिकारमाथि निकै महत्व दिएर बाल्यकालदेखि तालिम दिएको छ।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान