नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

#अल्पसंख्यक जाति# युगुर स्वायत प्रदेशमा आर्थिक तथा सामाजिक विकास -1

2019-08-20 10:12:44


आजभन्दा तीन सय वर्ष अघिको छिंग राज्य वंश कालमा केन्द्रीय सरकारले पूरै सिंग च्यांग क्षेत्रको शासन व्यवस्था सञ्चालन गर्नका लागि सिंग च्यांग इ लिको व्ही युआन् शहरमा इ लि जनरलको नियुक्त गरेको थियो। सन् 1884 मा सिं‍ग च्यांगलाई प्रान्तको मान्यता दिइयो। जसले गर्दा त्यो र भित्री चीनका अरु विभिन्न प्रान्तहरु बीचको सम्बन्ध अरु बढी घनिष्ट हुन गएको छ।


सन् 1949 मा सिन च्याङ शान्तिपूर्ण रूपमा मुक्त भयो। नयाँ चीनको स्थापनापछि सन् 1955 अक्टोबर 1 तारिखदेखि अन्य प्रान्तहरु झैं सिंग च्यांग चीनको एक जातीय स्वायत्त अधिकारयुक्त प्रान्त स्तरीय प्रशासनिक क्षेत्र बन्यो।


सिन च्याङका पश्चिमी भाग र उत्तरी भागमा आठवटा छिमेकी मुलुक छन्। तिनीहरु क्रमश: मंगोलिया, रुस, कजाकस्तान, किर्गिस्तान, ताज्जिकिस्तान, अफगानिस्तान, पाकिस्तान र भारत हुन। त्यसको वैदेशिक सीमा रेखाको लम्बाइ पाँच हजार चार सय किलोमिटर छ। त्यहाँ इतिहासमा प्राचीन रेशमी मार्गको महत्वपूर्ण भाग थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान