नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

#अल्पसंख्यक जाति# युगुर स्वायत प्रदेशमा आर्थिक तथा सामाजिक विकास -1

2019-08-20 10:12:44

पहिलेका कार्यक्रममा मैले दक्षिण-पश्चिमी चीनमा बस्ने अतिकम जनसंख्या भएका अल्पसंख्यक जातिमध्ये तु लुङ जातिको बारेमा जानकारी दिएकी थिएँ। आजको कार्यक्रममा म उत्तर-पश्चिमी भागमा गएर सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेशमा बस्ने युगुर जातिको जीवनबारे चर्चा गर्न चाहन्छु।


सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेशको छोटकरी नाउँ “सिन च्याङ” हो। त्यो चीनको उत्तर-पश्चिमी भागमा पर्दछ र यूरोप तथा एशिया महाद्बीपको केन्द्रमा अवस्थित छ। त्यसको क्षेत्रफल 16 लाख 60 हजार वर्गकिलोमिटर छ। सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेश चीनमा क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रान्तस्तरीय शासन क्षेत्र हो। त्यहाँ हान, युगुर, कजाक, ह्वी, मंगोललगायत 46 जाति बस्छन्। सन् 2018 सम्म त्यहाँको जनसंख्या लगभग 2 करोड 48 लाख 67 हजार 6 सय पुगेको छ।


इसापूर्व 60 मा तत्कालीन पश्चिमी हान राजवंशको सत्ताले सिन च्याङमा शासन विभागको स्थापना गरेर सिन च्याङ औपचारिक रूपमा चीनको एक भाग बनेको थियो। त्यसपछिका एक हजार वर्षको अवधिमा सिंग च्यांग क्षेत्रले सधैँ चीनको केन्द्रीय सरकारसँग अधिनस्थ सम्बन्ध कायम राख्दैआएको छ। सिंग च्यांगको स्थानीय शासन व्यवस्था सञ्चालन गर्नका लागि त्यस बेलाको केन्द्रीय सरकारले प्रशासनिक संस्थाको स्थापना गरेको थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान