नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

#चिनारी# चीनको इतिहासमा पहिलोपटक अफिम युद्ध-4

2019-04-10 10:41:41

सैनिक शक्तिको तुलना ठूलो भएका हुनाले युद्धको प्रक्रियामा धेरै जसो लडाईंमा छिङ सरकारलाई हरायो। त्यसैले सन् 1842 अगष्ट 29 तारिख बेलायती पानी जहाजमा छिङ सरकारका प्रतिनिधि छि यिङ तथा इबुलीले बेलायती सेनाका प्रमुख पुटिङ्गरसँग नान चिङ सम्झौतामा हस्ताक्षर गरे। यो  नान चिङ सम्झौता चीनको आधुनिक इतिहासमा पहिलो असमान सन्धि थियो।

नान चिङ सम्झौताको ठोस विषय यस्ता थिए

  • 1- हंगकंग टापु बेलायतलाई दिइयो। जसबाट चीनको भूभागको सार्वभौमिक्तामा क्षति पुगेको थियो।
  • 2- क्वाङ चौ, स्या मन, फू चौ, निङ पो र शाङ हाईलगायत पाँच क्षेत्रका व्यापारिक बन्दरगाहमा बेलायतले व्यापारिक बन्दरगाहमा वाणिज्य दूतावास स्थापना गर्‍यो। जसबाट चीनको व्यापारिक सार्वभौमिक्त गुम्यो।
  • 3- चीनले बेलायतलाई 2 करोड 10 लाख युआनको चाँदी क्षतिपूर्ति दिनुपर्‍यो। उक्त 2 करोड 10 लाख युआनको चाँदी मध्ये 60 लाख युआनको चाँदी अफिमको क्षतिपूर्ति, 30 लाख युआनको चाँदी व्यापारिक ऋण र 1 करोड 20 लाख युआनको चाँदी बेलायती सैन्य खर्च रहेको थियो। जसबाट ठूलो परिमाणको चाँदी विदेशमा गयो।
  • 4- बेलायतले चीनबाट आयात गर्ने माल-सामानको कर चीन र बेलायतको साझा छलफलद्वारा निर्णय गरिनु पर्ने सर्त राखेको थियो। जसबाट चीनको करको सार्वभौमिक्ता पनि हरायो।
  • 5- बेलायती व्यापारीले स्वतन्त्र रूपमा चिनियाँ व्यापारीसँग व्यापार गर्नुका साथै चिनियाँ व्यापरी संघको प्रभावको बेवास्ता गरेको थियो। जसबाट चीनको व्यापारिक सार्वभौमिक्तामा क्षति पुग्यो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान