नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

काग्यु गुम्बा

2019-04-09 15:43:18

काग्यु गुम्बा तल्लो यातुङ काउन्टीको रनछिङगाङ गाउँमा पर्दछ। घनीभूत जङ्गलमा पर्ने काग्यु गुम्बामा मानिस देखिनु दुर्लभ छ र निकै सुनसान देखिन्छ। भुटानको सीमाभन्दा दश किलोमिटर वर रहेको यस गुम्बामा भुटानी सर्वसाधारण उपासना गर्न आउँछन्।


सन् १७४७ मा काग्यु गुम्बा स्थापना भएको थियो। किम्वदन्तीका अनुसार, पहिला शाङ्गपा काग्यु सम्प्रदायका वरिष्ठ भिक्षु चुवाङछाङपाआदाले यातुङ रनछिङगाङमा पुगेपछि त्यहाँ पहाडको मालिक रनकाङकुङचालाई बज्रबाराहीद्वारा बनाइएको पहाड मागेका थिए अनि पहाडमा छाङचा गुम्बाको निर्माण गरेका थिए। त्यहाँ धेरै जङ्गली जनावर भएकोले रनकाङकुङचाले छाङचा गुम्बाका लामा दानचननिदालाई सहयोग माग्न गएका थिए। दानचननिदाले छाङचा गुम्बाको तल एउटा ठूलो गुम्बाको निर्माण गरी शैतानलाई दमन गर्ने सुझाव दिएका थिए। त्यसपछि सन् १७४७ मा काग्यु गुम्बा निर्माण भएको थियो। चुवाङछाङपाआदा पहिलो काग्यु जीवित बुद्ध बनेका थिए अनि एघारौँ जीवित बुद्ध सिराउदनचनसम्म लोकप्रिय भएको थियो तीमध्ये आठौँ जीवित बुद्ध गेल्साङ छ्युमो ग्याछो कालमा सबैभन्दा लोकप्रिय थियो। तर हाल गुम्बामा केही भिक्षु मात्रै बस्छन् र रमाइलो र भीडभाड देखिने अरु गुम्बाभन्दा निकै सुनसान देखिन्छ।


काग्यु गुम्बाको क्षेत्रफल एक हजार वर्ग मिटरभन्दा बढी पुगेको छ। चारैतिर माटोको पर्खालले घेरेको छ। दक्षिणी पर्खालको पश्चिममा पर्ने ढोकाबाट प्रवेश गरेपछि बगैँचा देख्नसकिन्छ। गुम्बाको मुख्य दरबार बगैँचाको उत्तर-पूर्वमा पर्छ र गेबल तथा हिप छानाको शैलीको काठे बुइँगल छ। दरबार दुई तलाका छन् भने पहिलो तलामा बरण्डा, देव मूर्ति राखिने हल र धर्मग्रन्थ हल छन्। बरण्डाका दायाँ बायाँ दुवैपट्टि ढुङ्गे स्तम्भ राखिएका छन् भने सतहमा सुन्दर भित्ते चित्र कुँदिएको छ। चीनको सांस्कृतिक क्रान्ति अवधिमा भत्काइएको त्यसको पुनःनिर्माण गरेको थियो। बरण्डाको दक्षिणी पर्खाल नजिकमा मात्रै एक वर्ग मिटरको मूल भित्ते चित्र राखिएको छ। उक्त चित्रमा शाक्यामुनि कमलमा बस्नुभएको छ, उहाँका दुवैपट्टि चेलाहरू कचौरा लिएर उभिएका छन् साथै चारैतिर बोधिसत्व तारा, श्वेत तारा, र बज्रको चित्र छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान