तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

परम्परागत तिब्बती चिकित्सकबाट ‌‌‌‌औषधिद्वारा नुहाइने उपचार पद्दतिको विकास

2019-03-21 11:06:30 CRI

परम्परागत तिब्बती चिकित्साअन्तर्गत ‌‌‌‌औषधिद्वारा नुहाउने परम्परागत उपचार पद्दतिलाई तिब्बती जातिय जनतामा विशेष तरिका मानिदैआएको छ। प्राकृतिक तातो पानी अथवा औषधि राखी उमालेको पानी वा पानी र ग्याँसद्वारा नुहाउँदै तानो पानी तथा औषधिलाई छालाको माध्यमबाट मानिसको शरीरभित्र पुर्याएर रोगको उपचार र स्वास्थ्यलाई बलियो बनाउने मान्यता रहँदैआएको छ।

सन् १९८७ मा स्वास्थ्य विद्यालयबाट स्नातक उत्तीर्ण गरेपछि मिङ्गचुले तिब्बतको शान तान क्षेत्रमा पर्ने तिब्बती चिकित्सा अस्पतालअन्तर्गत औषधि नुहाउने इकाइमा काम गर्नथालेका थिए। उनले परम्परागत तिब्बती चिकित्सकबाट ‌‌‌‌औषधिद्वारा नुहाउने उपचार पद्दतिको बिँडो थामेका छन्। उनका अनुसार, चिकित्सकले पम्परागत औषधिको प्रयोग नियमबमोजिम् रोगीको व्यावहारिक अवस्थालाई लक्षित गरी निरन्तर प्रविधिको विकास गरी अझै श्रेष्ठ बनाएको छ। यसका साथै औषधिको मूल्य पनि सामान्य भएका कारण परम्परागत ‌‌‌‌औषधिद्वारा नुहाइने उपचार पद्दतिको भविष्य उज्ज्वल हुनेछ।

सन् २०१८ नभेम्बर २८ तारिख“परम्परागत तिब्बती चिकित्सकबाट ‌‌‌‌औषधिद्वारा नुहाइने उपचार पद्दति” ‌औपचारिक रुपमा युनेस्कोको मानव जातिय अभौतिक सांस्कृतिक सम्पदाको प्रतिनिधित्व नामावलीमा समावेश गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान