तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

पहिलोपटक अफिम युद्ध

2019-03-20 09:10:33 CRI

यसै सातादेखि कार्यक्रमअन्तर्गत नियमित श्रृंखला-चीनको इतिहास पुनःसुरू भएको छ। वसन्त चाड र दुइटा अधिवेशनका हुनाले पहिला यो श्रृंखला स्थगित भएको थियो। त्यसैले मैले पहिला जानकारी दिइसकेको छिङ्ग राजवंशको बारेमा अलि दोहोर्याउन चाहन्छु।

छिङ्ग राजवंशले सन 1644 देखि सन् 1911सम्म चीनमा शासन गरेको थियो। छिङ्ग राजवंशका प्रथम राजा नु-अर-हा-छ् देखि अन्तिम राजा फु यीसम्म जम्मा बाह्रजना राजाले दुइ सय अठसट्ठी वर्षसम्म चीनमा शासन गरेका थिए। सन् 1616 मा प्रथम राजा नु-अर-हा-छ् ले जीन राज्यको स्थापना गरे। सन् 1636मा राजा क्वाङ थाइ चीले देशको नाम परिवर्तन गरेर छिङ्ग राखे। सन् 1644 मा ली च छङ्ग किसान दलले मिङ्ग राजवंशको शासनलाई पल्टाएपछि मिङ्ग राजवंशका अन्तिम राजा छुङ चनले आत्महत्या गरे। छिङ्गको सेनाले ली च छङ्गको किसान विद्रोहीहरुलाई पराजित गरी छिङ्ग राजवंशको राजधानी पैचिङ्गमा सारेको थियो। छिङ्ग राजवंशले विभिन्न ठाँउमा चलिरहेका विद्रोह तथा नान मिङ राजवंशको छिङ्ग विरोधी शक्तिलाई नष्ट पारेर चीनलाई एकीकरण गर्‍यो।

अठारौं शताब्दीको मध्य कालसम्म अर्थात् छिङ्ग राजवंशका खाङसी सम्राटको शासन कालदेखि उनका छोरा युङचङ सम्राट र नाति छ्यानलुङ सम्राटको शासन कालसम्म सामन्तवादी अर्थतन्त्रको विकास एउटा नयाँ चरणसम्म पुगेको थियो। चीनको इतिहासमा यस अवधिलाई “खाङ, युङ, छ्यान स्वर्ण युग” भनिन्छ। छिङ्ग शासनको केन्द्रीय अधिकारको अवस्था अझ विकसित भई देश अझ बलियो र स्थिर भयो। अठारौं शताब्दीको अन्त्यसम्म त्यसको जनसंख्या तीस करोड पुगिसकेको थियो। तर छ्यानलुङ सम्राटको शासन कालको अन्तिम समयदेखि छिङ राजवंशको शक्ति क्रमशः बलियोबाट कम्जोर हुँदै गएको थियो।

त्यसका साथै बेलायत, अमेरिका, फ्रान्सलगायत देशहरुले औद्योगिक क्रान्ति पूरा गरेर व्यापक बजार र कच्चा मालको उत्पादन चाहन्थे। यी देशहरूले चीनबाट धेरै माल-सामानको आयात गर्नका लागि प्रशस्त मात्रामा चाँदी र सम्पत्ति चीनलाई दिनुपर्‍यो। यस्तो अवस्थामा परिवर्तन ल्याउनका लागि उपनिवेशवादीहरूले चीनमा “या फ्यान” बिक्री गर्न थाले। “या फ्यान” अफिमको जुसद्वारा बनाइएको एक किसिमको लागू पदार्थ हो। “या फ्यान”को व्यापारमार्फत उपनिवेशवादीहरूले धेरै पैसा कमाउनुका साथै चीनको सामरिक अर्थतन्त्रमाथि क्षति पुर्‍याएका थिए। छिङ सरकारको नाफा जति घाटामा परिणत भयो। र अफिम खाने चिनियाँहरुको स्वास्थ्य र मानसिकता पनि भंग हुँदै गयो। 

त्यसैले ताउ क्वाङ सम्राटले लिन च स्यु नामक चलाख अधिकारीलाई लागू पदार्थ रद्द गर्नका लागि क्वाङ चौमा पठाए। लिन च स्युले क्वाङ्ग चौमा कडा नीति लागू गरेर चिनियाँ तथा बेलायती अफिम व्यापारीबाट बीस हजार बक्सको अफिम संकलन गरेका थिए। सन् १८३९ अप्रिल २२ तारिख लिन च स्युले हु मन नामक क्षेत्रमा नुन र चुनद्वारा “या फ्यान” बरामद गरेका थिए। जसबाट लागू पदार्थको निषेधको अठोट देखाइएको छ। “या फ्यान” बरामद गर्न बीस दिनको अवधि चाहिन्थ्यो।

लिन च स्युको नेतृत्वमा रहेको अफिम निषेध आन्दोलनसँगै अतिक्रमणको विरोध र राष्ट्रिय जीवन अधिकारको सुरक्षा गर्ने महत्वपूर्ण अर्थ रहेको छ। तर सन् 1840 जनवरी महिनादेखि बेलायत सरकारले यस निहुँमार्फत चीनमाथि युद्ध सुरू गरेको थियो। उक्त युद्धलाई चीनको इतिहासमा पहिलोपटक “या फ्यान” अर्थात् अफिम युद्ध भनिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान