तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

सिंह नाच टोलीलाई केलाउँदा

2019-03-19 11:21:04

ड्रागन जस्तै चिनियाँ इतिहासमा सिंह पनि नदेखेको वन्यजन्तुमध्ये एक थियो। तापनि चीनमा सिंह नाच निकै लोकप्रिय छ। यसको कारण के हो त?

ड्रागन र सिंह जस्ता वन्यजन्तुसँग विशाल शक्ति रहेको चिनियाँहरूको मान्यता छ। इतिहासमा बौद्ध धर्म चीनमा प्रवेश भएपछि मञ्जुश्रीको वाहनको हैसियतमा सिंहले सुख ल्याइदिने भनाइ चिनियाँहरूमाझ अझ विश्वासिलो बनेको थियो। लगभग १५०० वर्षअघि देखि चलेको सिंह नाच विस्तारै सर्वसाधारणमाझ खुशीयाली प्रदर्शन गर्ने एक लोकप्रिय माध्यम बनेको छ।

क्वाङ सी प्रान्तीय उचौ शहरको थङ जिल्लाको सिंह नाच टोली सन् १९९७ मा गठन भएको हो र उचाइ र कठिन चालका कारण सन् २००० मा यस टोलीलाई राष्ट्रिय क स्तरिय सिंह नाच टोलीको मान्यता दिइएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान