तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

ब्राजिलको वाइनरीद्वारा चीन बजारलाई विस्तार गर्न प्रयास

2019-03-15 15:32:35

    मिठो अंगुर वाइनबारे चर्चा गर्दा धेरै मानिसहरूले फ्रान्स, इटालीआदि प्रसिद्ध अंगुर वाइनको उत्पादक मुलुक सम्झने छन्। ब्राजिलमा बेन्टो गोन्काल्भेस बस्ती छ। यो बस्ती “अंगुर वाइनको जन्मथलो” पनि कहलिएको छ। यो बस्तीका धेरै वाइनरीहरूमध्ये भिनिकोला ओरोरा वाइनरीले सन् 2015 देखि दृष्टिकोणलाई चीनतर्फ सोझ्याउँदै चिनियाँ बजारमा निरन्तर रुपमा आफ्नो विस्तार गरिरहेको छ।

विशेष भौगोलिक स्थान र मौसमले अंगुर फल्नका लागि राम्रो वातावरण उपलब्ध गराएको छ। बेन्टो गोन्काल्भेस ब्राजिलको सबैभन्दा ठूलो अंगुर वाइनको उत्पादक क्षेत्र बनेको छ। ब्राजिलका अनेकौं वाइनरीहरूमध्ये ओरोरा वाइनरीद्वारा उत्पादन गरिएको वाइन विश्वको विभिन्न मुलुकका उपभोक्ताद्वारा स्वागत गरिएको छ। विदेशी बजारमा विस्तार गरेको तीस वर्षयता ओरोरा वाइनरीले बीस वटाभन्दा बढी मुलुकको अंगुर वाइन बजार खोलेको छ। सन् 2015देखि ओरोरा वाइनरीले आफ्नो दृष्टिकोण चीनको बजारतर्फ मोडेको छ। रोसाना पासीनी ओरोरा वाइनरीमा निर्यात कार्यमा जिम्मा लिने महाप्रबन्धक हुनुहुन्छ। उहाँकाअनुसार, ओरोराको प्रतिनिधित्वमा रहेको ब्राजिलको वाइन विश्वको विभिन्न मुलुकतर्फ निर्यात भइरहेको छ। चीन मुख्य बजारहरूमध्येको एक हो। रोसानाले भन्नुभयो “हाम्रो वाइन हाल चीनको शांगहाईमा बिक्री गरिएको छ। चीनमा निर्यात व्यापार जिम्मा लिने हाम्रो कम्पनीका कर्मचारी छन्। उनले ओरोराका लागि चीनको बजार विस्तार गर्दैछन्। छोटो समयपछि ओरोराको वाइन चीनका अरु शहरतर्फ निर्यात गरिने छ।”

    हालैका चार वर्षयता ओरोराले चीनको बजारमा निरन्तर रुपमा विस्तार गरेको छ। ओरोराको वाइन चीनका उपभोक्ताद्वारा मन पराइएको छ। स्पार्कलिंक वाइनको निर्यात मात्रामा क्रमशः वृद्धि भएको छ। निर्यात मात्रा पहिलो वर्षको बाह्र हजार बोतलबाट बढेर सन् 2018को साठी हजार बोतल पुगेको थियो। गत वर्ष ओरोराले चीन निर्यात गरेको स्पार्कलिंक वाइनको संख्याले ओरोरा वाइनरीको निर्यात मात्राको 20प्रतिशत ओगटेको थियो। ओरोरा वाइनरीमा निर्यात कार्यको जिम्मा लिने महाप्रबन्धक रोसानाले भन्नुभयो “हामीले चिनियाँ बजारमाथि विश्वास गर्छौं। चिनियाँ बजारमा ठूलो निहित शक्ति छ। चीनको जनसंख्या ठूलो छ, चीनमा प्रति व्यक्तिको अंगुर वाइनको सरदर उपभोग मात्रा पनि ठूलो छ। हाल विश्वका वाइनरीहरूको नजर चिनियाँ बजारतर्फ केन्द्रित हुन थालेको छ। ओरोरा पनि अतिरिक्त भएको छैन। चिनियाँ बजार ओरोराले ध्यान दिएको बजार हो। हामीले हरेक वर्ष चीनमा निर्यात गरेको वाइनमा क्रमशः वृद्धि भैरहेको छ।”

    सन् 2017देखि ओरोरा लगातार दुई वर्षसम्म चीनमा आयोजना भएको विभिन्न अन्तर्राष्ट्रिय अंगुर वाइन र कडा वाइन मेलामा सहभागी भए। ओरोराले चालू वर्षको मार्च महिना चीनको छङ तु शहरमा आयोजना हुने सयौं चीनको खाद्य-पदार्थ तथा वाइन मेलामा सहभागी हुने र जुन महिना चीनको क्वाङ चौ शहरमा आयोजना हुने चिनियाँ अन्तर्राष्ट्रिय प्रसिद्ध वाइन प्रदर्शनीमा सहभागी हुने छ। चालू वर्ष नोभेम्बर महिना दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय निर्यात एक्सपोले ओरोरालाई पनि आकर्षित गरेको छ। रोसानाले यो चिनियाँ निर्यात व्यापारीहरूले ओरोराको स्पार्कलिंक वाइनबारे जानकारी लिने राम्रो मौका हो भन्नुभयो। उहाँले भन्नुभयो “हामीले चिनियाँ अन्तर्राष्ट्रिय निर्यात एक्सपोबारे चासो लिएका छौं। किनभने हामी चिनियाँ बजारलाई हाम्रो उत्पादित-वस्तु देखाउने महत्वपूर्ण कालमा रहेका छौं। हामीले चीनका निर्यात व्यापारी, बिक्री व्यापारी, उपभोक्ताले ओरोराको स्पार्कलिंक वाइनबारे जानकारी लिने आशा लिएका छौं। चिनियाँ अन्तर्राष्ट्रिय निर्यात एक्स्पो एक राम्रो चौतारो र मौका हो।”

    चीनसँग विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक वाणिज्य बजार छ। ओरोराले पनि यो व्यापारिक मौका देखेको छ। वस्तुगत पसलको बिक्री ढाँचाबाहेक ओरोराले पनि इन्टर्नेट चौतारोको विकास गर्न थालेको छ। रोसानाले भन्नभयो “चीनको इलेक्ट्रोनिक वाणिज्य चौतारोमा ठूलो उपभोक्ता समूह छ। ओरोराले अनलाइन बिक्री तरीकामार्फत चीनको बजारमा फैलिने आशा लिएको छ।”


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान