तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

चीनको उच्च स्तरीय खुलापनका लागि अझ शक्तिशाली कानूनी प्रत्याभूति

2019-03-14 11:19:45

    चीनका दुईवटा राष्ट्रिय अधिवेशन हाल पैचिङ्गमा आयोजना भइरहेका छन्। यस मार्च आठ तारिख दिउँसो 13‌औं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनले जन बृहत सभाभवनमा दोस्रो बैठकको आयोजना गरेको छ। यस बैठकको एक महत्वपूर्ण विषय राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका उपाध्यक्ष वाङ्ग छनद्वारा प्रस्तुत विदेशी लगानी कानून मस्यौदा सम्बन्धी जानकारी सुनुवाइ गर्नु हो। विदेशी लगानी कानून मस्यौदा नै यस वर्षको दुईवटा राष्ट्रिय अधिवेशनको सबैभन्दा हट विन्दूहरुमध्ये एक हो। यस कानूनले चीनको उच्चस्तरीय खुलापनका लागि अझ बलियो तथा शक्तिशाली प्रत्याभूति सिर्जना गर्ने भएको छ।

    सम्बन्धित तथ्याङ्कअनुसार सुधार तथा खुलापन भएको चालीस वर्षयता चीनले जम्मा गरी 21 खर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गरेको छ। धेरै वर्षयता चीन नै सबैभन्दा बढी विदेश पूँजी आकर्षित गर्ने विकासोन्मुख मुलुक हो। सन्2018मा चीनले वास्तविक रुपमा एक खर्ब 38 अर्बभन्दा बढी अमेरिकी डलर विदेशी पूँजीको प्रयोग गरेको छ भने इतिहासको सबैभन्दा राम्रो रेकर्ड सिर्जना गरेको छ।

    विदेशी लगानी कानून विदेशी लगानी क्षेत्रको आधारभूत कानून हो। जन काँग्रेसको स्थायी समितिको अनुरोधमा स्थायी समितिका उपाध्यक्ष वाङ्ग छनले यस बैठकमा विदेशी लागनी कानून सम्बन्धी जानकारी दिनुभएको छ। उहाँले अगाडि भन्नुभयो:सक्रिय रुपमा विदेशी लगानी भित्र्याउनु र प्रयोग गर्नु नै चीनले खुलापनको विस्तार र खुल्ला आर्थिक प्रणालीको निर्माणको महत्वपूर्ण विषय हो। त्यसैले सम्बन्धित कानूनी प्रत्याभूतिलाई पूर्णता दिलाउनुपर्छ। विदेशी लगानी कानूनको तर्जुमा र लागूमार्फत कानूनी, अन्तर्राष्ट्रिय, सुविधाजनक वाणिज्य वातावरणको निर्माण गर्नुपर्छ जसबाट उच्चस्तरीय खुलापनले अर्थतन्त्रको उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्नसकिने छ।

    यस विदेशी लगानीअघि चालीस वर्षयता चीनले लगातार रुपमा《चीन विदेशद्वारा संयुक्त सञ्चालित व्यवसाय कानून》,《विदेशी पूँजीबाट संचालित व्यवसाय कानून》,《चीन र विदेशबीचको सहयोगबाट सञ्चालित कानून》गरी तीन कानून लागू गरेको छ। धेरै वर्षयता यी तीन कानूनले चीनमा रहेको विदेशी लगानी व्यवसायका लागि शक्तिशाली कानूनी प्रत्याभूति प्रदान गरेको छ। तापनि नयाँ परिस्थितिमा यी तीन कानून नयाँ युगको सुधार तथा खुलापनको मागअनुकूल हुन सक्दैन। त्यसैले तर्जुमा गरिरहेको यस वैदेशिक लगानी कानूनले बितेका तीन कानूनलाई मिलाएर विदेशी लगानी कानूनी प्रणालीलाई अझ पूर्णता दिलाउने छ। यसप्रति चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य चाङ्ग क्वो च्युननले भन्नुभयो:यी तीन कानूनलाई मिलाउनु एक राम्रो उपाय हो भने यो कदम कानूनबाट चीनको सुधार तथा खुलापनलाई व्यवहारमा उतार्ने एक गम्भीर वचनवद्धता हो। चीनले विश्वव्यापी बजार चाहन्छ। साथै चीनले आफ्नो बजारलाई खुल्ला बनाउन चाहन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान