तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

राजनीतिक व्यवस्था-2

2019-03-13 11:06:01

    बहुपार्टी सहयोग र राजनैतिक परामर्शदात्री व्यवस्था

    चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग र राजनैतिक परामर्श सम्बन्धी व्यवस्था चीनको एउटा आधारभूत राजनैतिक व्यवस्था हो।

    चीन एउटा बहुपार्टीयुक्त राजनीतिक व्यवस्था भएको मुलुक हो। चीनमा सत्तारुढ दल अर्थात् चिनियाँ कम्युनिष्ट पार्टी बाहेक आठवटा प्रजातन्त्रिक पार्टी छन्। यी प्रजातन्त्रिक पार्टीहरु नयाँ चीन स्थापना हुनुअघिदेखि अस्तित्वमा छन्। तिनीहरु राजनीतिक क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको समर्थन गर्छन्। यो उनीहरुले कम्युनिष्ट पार्टीसँग लामो समयसम्म सहयोग गर्ने र संयुक्त रुपमा मिलेर काम गर्ने दिशामा गरेको ऐतिहासिक छनौट हो। चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न प्रजातन्त्रिक पार्टीहरुले आफ्ना गतिबिधिको मूलभूत आधार संविधानलाई बनाउनुपर्छ। प्रत्येक प्रजातान्त्रिक पार्टी एक अलग संगठन हो। यिनीहरु संविधानको परिधिमा राजनैतिक स्वतन्त्रता, अलग संगठन र समान कानूनी स्थानको उपभोग गर्छन्। चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न प्रजातान्त्रिक पार्टीहरु बीच सहयोगको आधारभूत कार्यनीति “सँगसँगै मिलेर एकले अर्काको अनुगमन गर्नु, एकले अर्कालाई सहयोग गर्नु र राम्रो र नराम्रो दुबै कुराका लागि सामूहिक जिम्मेवारी वहन गर्नु” हो।

    चीनका विभिन्न प्रजातान्त्रिक पार्टीहरु सत्ताहिन पार्टी वा विरोधी पार्टी नभई देशका महत्वपूर्ण मामिलामा सहभागी हुने पार्टी हुन्। यिनीहरुले देशका महत्वपूर्ण मामिलामा सहभागिता जनाउने आधारभूत विषयहरुमा मुलुकको महत्वपुर्ण नीति र कार्यनीति तथा देशका नेतागणहरुका लागि उम्मेदवार चयन गर्ने सम्बन्धी विचार-विमर्श, राष्ट्रिय मामिलाको सञ्चालन कार्य र राष्ट्रिय कार्य-नीति, नीति र नियम-कानूनहरुको कार्यान्वयनमा भाग लिने आदि कार्य समावेश छन्।

    चीनले महत्वपूर्ण निर्णय गर्ने र सर्व-साधारणको सुख-दु:खसँग घनिष्ट सम्बन्ध रहेको महत्वपूर्ण विषय बारेको छनौट गर्ने बेलामा चिनियाँ कम्युनिष्ट पार्टीले सर्वप्रथम प्रजातान्त्रिक पार्टीहरु र कुनै पनि पार्टीमा आबद्ध नभएका प्रजातान्त्रिक व्यक्तिहरुसित विचार-विमर्श गरी व्यापक रुपमा राय-सुझावको सुनुवाई गरेपछि मात्र निर्णय गर्ने गर्दछ। राष्ट्रिय जन- कांग्रेस र त्यसको स्थायी समिति तथा स्थायी विशेष समितिमा प्रजातान्त्रिक पार्टी र स्वतन्त्र व्यक्तिहरुको संख्या तुलनात्मक रुपमा बढी छ। यसले गर्दा उनीहरु देशका महत्वपूर्ण मामिलाको सञ्चालन राम्ररी गर्ने, यी मामिला बारे छलफल गर्ने र आ-आफ्नो अनुगमन भूमिका निर्वाह गर्ने, चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलनमा प्रजातान्त्रिक पार्टी र गैर-पार्टीको भूमिका खेल्ने र विभिन्न तहका सरकार तथा कानूनी विभागमा नेता हुनका लागि प्रजातान्त्रिक पार्टी र गैर-पार्टीका व्यक्तिहरुलाई सिफारिश गर्नेछन्।

    बहुपार्टी सहयोग र राजनैतिक परामर्शका मुख्य तरिकाहरु यस प्रकार छन्:

    एक. बहुपार्टी सहयोग र राजनैतिक परामर्शको मुख्य माध्यम चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलन हो। चिनियाँ राजनैतिक परामर्शदात्री सम्मेलन विभिन्न पार्टी, विभिन्न जन-समुदाय र विभिन्न क्षेत्रका प्रतिनिधिहरु राष्ट्रिय मामिलामा सहभागी हुने र छलफल गर्ने महत्वपूर्ण स्थान हो।

    दुइ. चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति र विभिन्न तहका स्थानीय पार्टी परिषद्द्बारा बोलाइने प्रजातान्त्रिक पार्टी र गैर-पार्टीका व्यक्तिहरुको गोष्ठी हो। सो गोष्ठीले महत्वपूर्ण विषयको जानकारी दिने, महत्वपूर्ण कार्यनीति, देश र स्थानीय सरकारका नेताका उम्मेदवारहरुको नामावली, राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधि र राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यका लागि उम्मेदवारको नामावलीबारे विभिन्न प्रजातान्त्रिक पार्टीसँग विचार-विमर्श गर्नुका साथै उनीहरुको राय-सुझावको सुनुवाई गर्छन्।

    तीन. प्रजातान्त्रिक पार्टीका सदस्यहरु रहेका जन-कांग्रेसका प्रतिनिधिहरुले विभिन्न तहका जन-कांग्रेसमा जनताको प्रतिनिधिको हैसियतले देशका महत्वपूर्ण मामिलामा सहभागी हुने र अनुगमनकर्ताको भूमिका निर्वाह गर्ने गर्छन्।

    चार. राज्य परिषद्, सम्बन्धित विभाग र जिल्लाभन्दा माथिका सरकार तथा सम्बन्धित विभागका नेताका लागि प्रजातान्त्रिक पार्टीका सदस्यको चयन गर्छन्।

    पाँच. महाधिवक्ताको कार्यालय र केरकार-फैसला संस्थाका नेता हुनका लागि प्रजातान्त्रिक पार्टीमध्येका अनुकूल सदस्यहरुको सिफारिश गर्छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान