तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

यातुङ जिल्ला

2019-03-12 14:19:11

    यातुङलाई तिब्बती भाषामा चोमु पनि भनिन्छ जसको अर्थ प्रवाहसँगको गहिरो घाटी रहेको छ। हिमालयको दक्षिणी भागमा पर्ने यातुङ जिल्लाको पूर्वतिर भुटानसँग जोडिएको छ भने दक्षिणतिर भारतसँग जोडिएको छ साथै नेपाल र बंगलादेशको सीमा लाइनभन्दा पनि नजिक छ। त्यसैले यातुङ जिल्लालाई दक्षिणी तिब्बतको साँच्चिकैको ढोका पनि मानिन्छ।

    यातुङबाट दक्षिणतिर जाँदा समुद्र सतह पनि घट्दैछ। हिन्द महासागरको न्यानो हावाबाट आद्रता मिल्छ, वनस्पति पनि प्रशस्त छन् साथै विभिन्न खालका फूल, घाँस र झारपात पनि धेरै देखिन्छ र रङ्गीचङ्गी देखिन्छ।

    यातुङ जिल्लामा स्यासमा बस्ति, पालि बस्ति र अरु पाँच वटा गाउँ छन्। पठार बस्तिको रुपमा मानिएको पालि बस्ति तिब्बतका नामी श्रेष्ठ घाँसेमैदान हो। वसन्त ऋतुको समयमा थुप्रै फूल फुल्ने भकोले त्यसलाई रङ्गीन घाँसे समुद्र पनि भनिन्छ। हाल पालि बस्ति तिब्बती क्षेत्रको सबैभन्दा ठूलो तथा सुन्दर गाउँ स्तरीय बस्ति पनि हो। बस्तिलाई हिमाल र पहाडले घेरिएको छ, बस्तिमा विभिन्न ढुङ्गाबाट निर्मित तिब्बती शैलिका घर-भवन व्यवस्थित देखिन्छन्।

    यातुङ जिल्लाको सरकार रहेको स्यासमा बस्तिलाई सानो हङ्ग कङ्ग पनि भनिन्छ। सन् १८८८ मा बेलायती सेनाले आक्रमण गरेपछि त्यसलाई वाणिज्य नाकाको रुपमा विकास गरिएको थियो। त्यसपछि तिब्बतको महत्वपूर्ण आयात-निर्यात केन्द्र बनेको छ र निकै व्यस्त बनेको छ।

    यातुङमा कोरियन शंकुधरका रूखहरू प्रशस्त भएकाले त्यहाँका अधिकाँश घर यसैको काठबाट निर्मित भएका छन्। हरेक घरका कौसीमा विभिन्न खालका फूल र बोटबिरूवा रोपिएका छन्। वसन्त ऋतु र ग्रीष्म ऋतुमा त्यहाँ पुग्दा फूलको समुद्रमा पुगेको जस्तो लाग्छ र निकै आकर्षक देखिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान