तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

पृथ्वीको र मानिसको स्वास्थ्य बारे चर्चा

2019-03-11 10:29:32

    हामी सबैलाई थाहा छ कि घर भत्कियो अथवा बिग्रियो भने हामी निश्‍चिन्त र आरामसँग बस्न सक्दैनौ त्यस कारण घरमा बस्ने सबैजनाको कर्तव्य हो घरको सुरक्षा गर्नु। मावनजाति अथवा अन्य जीव-जन्तुको साझा घर हो यो पृथ्वी। जसरी हामी आफ्नो घरको सुरक्षाको बारे सोँच्ने गर्दछौं, त्यसरी नै पृथ्वीको सुरक्षा गर्नु पनि हाम्रो कर्तव्य हो। यदि पृथ्वी नै नरहने हो भने हाम्रो जीवनको कल्पना गर्नु पनि सम्भव छैन।

    प्रकृति र मान्छेको सदैव साथ रहँदै आएको छ। यही प्रकृतिको पर्यावरणमा हामी, अन्य जीव तथा वोट-विरुवा बाँच्छ। यदि प्रकृतिको संतुलन बिग्रियो भने हामी सबैमा यसको नराम्रो असर पर्छ। पछिल्ला केही वर्षदेखि यस संतुलनमा धेरै कुराहरु बिग्रिएको छ। र यसको कारण पनि मान्छे नै हो। हामी देख्‍न सक्छौं कि पृथ्वीको तापमान बढी रहेको छ, जलवायुमा परिवर्तन भई रहेको छ, वन-- जंगल विनाश भइ रहेको छ, प्राणिहरुको अनेकौं प्रजातिहरु समाप्त भएका छन् र अनेक रोगहरु बढी रहेका छन्।

    आज भन्दा ४३ वर्ष अगाडी संयुक्त राष्‍ट्र संघको तत्वावधानमा संसारका विभिन्न देशहरुले पर्यावरणमा सुधार ल्याउनको लागि पहिलो पटक एउटा सम्मेलनको आयोजना गरेको थियो। तब संयुक्त राष्‍ट्र संघले एक विश्‍वव्यापी पर्यावरण कार्यक्रम शुरु गरेको थियो। यस कार्यक्रमलाई अगाडी बढाउने क्रममा वाधाहरु पानि आए तर त्यसका साथ-साथ सफलता पनि पाए। यदि यो कार्यक्रम नचालाएको भए आजको स्थिति अझै पनि बिग्रिसकेको हुने थियो। नगर र शहरहरुमा आज जतिको यत्तिको सफा हावा हुने थिएन, ओजोन सतह अझै पनि पातलो हुन्थियो र विकासशील देशहरुमा सफा पानी र सफाई हुने थिएन। यो अवश्य हो कि जति सफलता पाउन पर्ने थियो त्यति पाउन सकेको थिएन। अहिले पनि अनेक शहरहरुको हावा सफा छैन, नदि-नालाहरु अझै प्रदूषित भएको छ, वन-- जंगलहरु उजाड भएका छन् र क्षेत्रीय संघहरुले पर्यावरणलाई पनि एकदम खराब बनाएको छ।

    पर्यावरणमा खराबीको कारण मान्छेको स्वास्थ्त पनि बिग्रिराखेको छ। अनेक प्रकारको रोगहरु फैलिराखेको छ। संसारको खाद्य उत्पादन कम हुँदै गइरहेको छ, अनेक देशहरुमा आर्थिक प्रगतिमा बाधाहरु आइरहेका छन्। यदि ओजोन सतहको पातलिने क्रमलाई रोकिएन भने आउने ५० वर्षमा लाखौंको हाराहरीमा त्वचा वा छालाको क्यान्सर हुने खतरा हुन्छ। यस कुराले हामीलाई हाम्र स्वास्थ्थ हाम्रो पृथ्वीसँग जोडेको छ भनेर पुष्‍टी गर्छ।

    कृषि-उत्पादनको लागि पनि नयाँ तथा खाली भूमि पाउन दुर्लभ भइ सकेको छ। ताजा पानी उपलब्ध छैन। विश्‍व खाद्य उत्पादनको लागि भूमिको दुर्लभता, वायु प्रदूषण तथा अधिक गर्मीमा प्रतिकूल असर परिरहेको छ। वन-जंगल विनाशको कारणले गर्दा बाढी आउने तथा दैविक-प्रकोपहरु बढी रहेको छ जसको कारण जैव-विविधता नष्‍ट हुँदै गइरहेको छ। विश्‍व बैंकको अनुमान छ कि अवैध वन विनाशको कारण गरिब देशहरुमा १० देखि १५ अरब डलरको क्षति प्रतिवर्ष भइरहेको छ। यदि यो धन बच्ने हो भने बच्चहरुलाई शिक्षा दिन सकिन्छ, विरामीहरुको उपचार गर्न सकिन्छ र पर्यावरणको पनि राम्ररी संरक्षण गर्न सकिन्छ।

    जलवायु परिवर्तनको मुख्य करणले गर्दा हाम्रो वायुमण्डलमा कार्बन डाई-अक्साइडको मात्रा बढि राखेको छ। यसको कारण तापमानमा वृद्धि भएको छ। विशेषज्ञहरुको अनुसार गत शताब्दीमा ०.६ अंश सेन्टिग्रेडले तापमान बढेको छ। यदि यही गति रहने हो भने यस शताव्दीमा तापमान ६ अंश सेन्टिग्रेड बढ्नेछ। यसको असरले गर्दा तातो भई महासागरहरुको विस्तार हुन जान्छ र यसको कारण समुद्रहरुको जल स्तर बढ्न जान्छ। यस स्तरमा १ मिटरको वृद्धिले मिस्रको १ प्रतिशत, नीदरल्याण्डको ६ प्रतिशत तथा बंगलादेशको १७.५ प्रतिशत भूमि डूबेको क्षेत्रमा पर्न जानेछ।

    अहिलेका नयाँ पुस्ताका मानिसहरु भन्छन् कि पहिलाको अनुमान सीमित कार्य कारणहरुमा मात्र अधारित थियो। अब यसको विपरीत भनिन्छ कि पृथ्वीको वायुमण्डलको तातोपना अन्य कारणहरुमा पनि निर्भर गर्छ, जस्तै ज्वालामुखी विस्फोट, सूर्यको गतिविधिमा उतार-चढाव तथा ग्रीन हाउस ग्याँस र ओजोनको परिवर्तनशील स्तर। यसले महासागरहरुको असर पृथ्वीमा पर्छ र पृथ्वीको असर महासागरहरुमा र यी दुबैले गर्दा हानी-नोक्शानी भने हामीलाई नै हुन्छ।

    बुझिन्छ कि मानव र उसको पर्यावरनको स्थिति अहिले भन्दा ३० वर्ष पहिला को अपेक्षा काफी बदलिसकेको छ। पर्यावरणको चिन्ताले वास्तविक रुप धारण गरिसकेको छ। अहिले पर्यावरणमा सुधार गर्नुपर्छ भन्ने कुरालाई व्यापक समर्थन छ। चीन, भरत, जस्ता एसियाली मुलुकहरुमा पनि पर्यावरणको क्षेत्रमा व्यापक कदमहरु उठेका छन्। कतिपय देशहरुले पर्यावरण कानूनको एक ढाँचा तैयार गरेका छन् भने कतिपय मुकुकहरुले त त्यसता कानूनलाई कर्यानवन पनि गरिसकेका छन्। प्रदूषण फैलाउनेहरुलाई दण्डित गरिंदैछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान