फेब्रअरी ९ तारिख तिब्बतको ल्होका शहरको च्याको जिल्लास्थित तिब्बतको पहिलो मन्दिर साम्ये मन्दिरमा बुद्ध प्रार्थना झण्डाको लिङ्गो फेर्ने वार्षिक समारोह आयोजित भयो। तिब्बतका विभिन्न ठाँउबाट गएका धर्मावलम्बीहरूले प्रार्थना लेखिएका झण्डाहरूलाई लिङ्गोमा राख्दै नव वर्षमा सुरक्षा होस भन्ने प्रार्थना गरेका छन्। सो समारोह तिब्बती नव वर्षको पाँचौँ दिनमा आयोजना हुने चलन छ।