नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

“रेशमी मार्गका पहाड र नदी मार्गचित्र”को पहिलो पटक प्रदर्शन

2018-12-31 14:09:50 CRI

“रेशमी मार्गका पहाड र नदी मार्गचित्र” शीर्षकको प्रदर्शनी र “विशेषतायुक्त र मूल्यवान घडी र गहना प्रदर्शनी” दुवै केही दिनअघि हङ्गकङ्ग विज्ञान संग्रहालयमा आयोजना गरियो। तीमध्ये पैचिङ कुकोङ दरबार संग्रहालयद्बारा संरक्षित “रेशमी मार्गका पहाड र नदी मार्गचित्र”लाई पहिलो पटक प्रदर्शन गरिएको छ। यस कुराले कुकोङ दरबार र हङ्गकङ्ग बीचको सांस्कृतिक आदान-प्रदान झन् घनिष्ट हुँदै आएको प्रतीक भएको छ।

“रेशमी मार्गका पहाड र नदी मार्गचित्र” रमणीय पहाड र नदीद्बारा कोरिएको हाते मार्गचित्र हो। त्यसको कुल लम्बाई झण्डै 30 मिटर रहेको छ भने त्यस चौडाई 0.6 मिटर रहेको छ। सो मार्गचित्रमा प्राचीन मिङ वंशकालमा रेशमी मार्गको सम्पूर्ण अनुरुप प्रष्ट गरिन्छ। कुकोङ दरबारका उपप्रमुख ची थेन पिनका अनुसार, त्यस धेरै वर्षअघि विदेशमा छाडिएको थियो। मातृभूमिमा समाहित भएको कुरा हङ्गकङ्गसँग घनिष्ट सम्बन्ध रहेको छ। उहाँ यसरी भन्नुहुन्छ:

सन् 2017 को नोभेम्बर 30 तारिख हङ्गकङ्ग श माउ ग्रुपका गभर्नर स्यु रोङ माउले 2 करोड अमेरिकी डलरद्बारा त्यस मार्गचित्र खरिद गरेपछि चन्दास्वरुप संरक्षणका लागि कुकोङ दरबारलाई दिनुभएको थियो। त्यस मार्गचित्रमा चीनको कान्सु प्रान्तको च्या यु क्वानबाट साउदी अरबियाको मक्कासम्मको फराकिलो क्षेत्रमा रहेका जम्मा 211वटा भौगोलिक चिन्ह पनि निश्चित गरिएको छ। त्यस मार्गचित्रबाट प्राचीन मिङ वंशकालमा रेशमी मार्गका सम्बद्ध क्षेत्रलाई स्पष्टसँग तोकिएको प्रतिबिम्बित गरिएको छ।

“रेशमी मार्गका पहाड र नदी मार्गचित्र”का साथमा हङ्गकङ्ग संग्रहालय, हङ्गकङ्ग विश्वविद्यालय र हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका सरकारी विभागहरूले सँगै सङ्कलन गरेको चीन र हङ्गकङ्ग रोड म्याप पनि प्रदर्शन गरिएको छ। त्यसबाट दर्शकहरूले प्राचीनकाल र वर्तमान चित्र बनाउने प्रविधिको तुलना गर्न सक्ने छन्। कुकोङ दरबारका उपप्रमुख ची थेन पिनका अनुसार, बेल्ट एण्ड रोड प्रस्तावको प्रारुपबाट हेर्दा “रेशमी मार्गका पहाड र नदी मार्गचित्र”को ज्यादै महत्वपूर्ण अर्थ रहेको छ। त्यसबाट प्राचीनकालमा चीन र पश्चिमा जगत बीचको व्यापारिक र सांस्कृतिक आवत-जावतको बाटो पनि प्रष्ट गरिएको छ। विश्वतर्फ उन्मुख हुने झ्यालको हैसियतले हङ्गकङ्ग सारा विश्वसामु चीनको श्रेष्ठ सांस्कृतिक पूरातात्त्विक वस्तुको प्रदर्शन गरिरहेको छ। उहाँ यसरी भन्नुहुन्छ:

यस पटक “रेशमी मार्गका पहाड र नदी मार्गचित्र”लाई हङ्गकङ्गमा प्रदर्शन गरिएको कुरा सांस्कृतिक क्षेत्रका लागि एउटा बिशाल घटना हो। प्राचीन रेशमी मार्ग चीन र पश्चिमा जगत बीच आवत-जावत हुने महत्वपूर्ण बाटो भएकाले चिनियाँ र पश्चिमी विशेषता मिसिएको शहरको रुपमा रही हङ्गकङ्ग वर्तमान चीन सारा विश्वतर्फ उन्मुख हुने एक महत्वपूर्ण झ्याल हो। आफ्नो संरक्षित सांस्कृतिक पूरातात्त्विक वस्तुहरूमार्फत हङ्गकङ्ग अझ विशेषगरी सारा विश्वका जनतासमक्ष चिनियाँ सांस्कृतिक पूरातात्त्विक वस्तुलाई देखाउनुका साथै चीन राष्ट्रको उत्कृष्ट सांस्कृतिक परम्पराको पनि प्रचार-प्रसार गर्नसक्ने भन्ने हाम्रो कुकोङ दरबारको शुभेच्छा रहेको छ।

उक्त प्रदर्शनीसँगै एउटै समयमा शुरु भएको अर्को प्रदर्शनी अर्थात् “विशेषतायुक्त र मूल्यवान घडी र गहना प्रदर्शनी”मा कुकोङ दरबारमा संरक्षित 120 वटा मूल्यवान कुशल घडीको प्रदर्शन गरिएको छ। यसका अतिरिक्त सो प्रदर्शनीमा विविध किसिमका नयाँ मिडिया विज्ञान-प्रविधि, इलेक्टोनिक कार्टुन, वास्तविक मोडल र प्रत्यक्ष आदान-प्रदान गर्नसकिने रोचक वस्तुमार्फत दर्शकसमक्ष प्राचीन चीनमा समय गणना गर्ने यन्त्र, घडी र घण्टा बनाउने प्रविधिबारे पनि अवगत गराइएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान