नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

केन्याको गुलाफ फूल चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा

2018-11-09 15:39:05

  केन्यामा सूर्य र यसको प्रकाश यथेष्ठ पुग्छ अनि वर्षा पनि प्रशस्त हुन्छ। केन्याको नाइवाशा ताल विश्वको प्रसिद्ध फूल आधार क्षेत्र हो। हालैका वर्षहरूयता चीन केन्याको गुलाफ फूलको निर्यातमा सबैभन्दा तीब्र बृद्धि भएको बजार बनिसकेको छ। केन्याको गुलाफ फूल पनि शांगहाईमा हाल आयोजना भइरहेको चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा प्रदर्शन गरिएको छ।

    टुसार व्यास केन्याको सुबाटी फूल कम्पनीको नाइवाशा फार्मका जिम्मेवार व्यक्ति हुनुहुन्छ। केन्याको राजधानी नैरोबीबाट करीब एक सय किलोमिटर टाढा रहेको नाइवाशा तालको नजिकै उहाँले ३५ हेक्टर क्षेत्रफलको फूल फार्म संचालन गर्नुहुन्छ। त्यहाँ ६७ किसिमका गुलाफ फूलको रोपाइँ गरिएको छ। टुसारले हालैका वर्षहरूयता चीनसितको व्यापार धेरै बढेको बताउनुभयो। उहाँ भन्नुहुन्छ “विगत दुई तीन वर्षमा फूल व्यापारमा क्रमशःवृद्धि भैरहेको छ। मेरो फार्मका गुलाफ फूल चीनतर्फ निर्यात गरिएको छ। चीन एक ठूलो बजार हो। भविश्यमा हामी चीनका सबैभन्दा ठूलो ग्राहक बन्ने आशा मैले लिएको छु।”

    नाइवाशा तालको नजिकै फूल फार्म धेरै छन्। अफ्रिकाको फूलको सबैभन्दा ठूलो निर्यात मुलुकको रुपमा केन्याको फूल व्यवसाय पर्यटन र चियापछि केन्याको निर्यात अर्थतन्त्रको तेस्रो आर्थिक टेवा बनेको छ। साथै केन्या विश्वको चौथो ठूलो फूलको निर्यात मुलुक हो। सन् २०१७ मा केन्याको फूल बजारले ८२ करोड अमेरिकी डलरको किर्तिमान खडा गरेको थियो र सन् २०१६ को तुलनामा २० प्रतिशतले वृद्धि भएको थियो। केन्याको फूल समितिका जिम्मेवार व्यक्तिले केन्याको फूल व्यापारमा देखिएको वृद्धिको एक महत्वपूर्ण कारण चीन र एशियाली बजारको फूल माग भएको बताउनुभयो।

    विगत एक वर्षमा सुबाटी फूल कम्पनीले मात्रै चीन बजारलाई एक हजार पाँच सय टनको गुलाफ फूलको निर्यात गरेको थियो। केन्यामा फूल व्यापार गर्ने चिनियाँ व्यापारी अर्थात् खाइ चिङ अन्तर्राष्ट्रिय फूल कम्पनीका महाप्रबन्धक ह छिन वनले चीन केन्याको गुलाफ फूलको निर्यातमा सबैभन्दा तीब्र वृद्धि भएको उपभोग्य बजार बनिसकेको पनि बताउनुभयो। उहाँ भन्नुहुन्छ “केन्याको फूल निर्यात बजारहरूमध्ये चीन बजार सबैभन्दा तीब्र रुपमा वृद्धि भएको बजार हो। यूरोपेली बजारको आयात घटेको छ। केही वर्षअघि केन्याका फार्महरू संचालन गर्न गाह्रो थियो। चीन बजारको विस्तारपछि केन्याको फूल बजारमा वृद्धि भएको छ।”

    टुसारकाअनुसार, चिनियाँलाई रातो गुलाफ मन पर्छ। उहाँको विचारमा केन्याको गुलाफको सुन्दर रङ्गका कारण चिनियाँलाई केन्याको गुलाफ मन पर्दछ। हालसम्म हवाई परिवहन सहुलियत भएका कारण हाल एक देखि दुई दिन भित्रसम्ममा केन्याको गुलाफ चिनियाँ उपभोक्ताको हातसम्ममा पुर्याउनसकिन्छ। टुसार भन्नुहुन्छ “केन्याको गुलाफको गुणस्तर राम्रो छ। चिनियाँलाई राम्रो गुणस्तरको फूल मन पर्छ। केन्याको मौसम राम्रो छ, त्यसैले नाइवाशाका अनेकौं किसिमका फूल चीनतर्फ निर्यात गर्नसकिन्छ।”

    टुसारले चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा चीनबाट आउने अर्डर पत्र पाउनसक्ने अपेक्षा लिनुभएको छ। उहाँ भन्नुहुन्छ “चीनको खुलापन स्तर अझै उच्च बनेपछि चीन र केन्याबीचको व्यापारमा वृद्धि हुने छ।”

    ह छिन वनले पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोबाट केन्याका धेरै कृषि उपजले चीन बजारमा प्रवेश गर्नसकियोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ “चीनले विदेशी उत्पादित-वस्तुलाई चीन बजारमा प्रवेश गराउन निरन्तर रुपमा खुला गर्दैआइरहेको छ। फूलबाहेक, केन्याको फलफूल, चिया, कफी, काष्ठ कुँदाईआदि सामग्रीहरू पनि निकै राम्रा छन्। केन्याको विशेषतायुक्त सामग्री खास गरी कृषि उपजले चीन बजारमा प्रवेश गर्नसक्ने आशा हामीले लिएको छौं।”


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान