नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

मिङ्ग राजवंशमा चाङ्ग च्यु चेङ्गको सुधार-1

2018-07-25 09:09:00

    मिङ्ग राजवंशको अवसरमा धेरै बाल सम्राट थिए। सन् १५७२ मा छ वर्ष मात्र शासन गर्ने सम्राट मु चुङ्गको विरामीका कारणले मृत्यु भयो। उनका दश वर्षीय छोरा शेन चुङ्ग सम्राट बने। उच्चपदाधिकारी चाङ्ग च्यु चेङ्ग, काउ कङ्ग, काउ यी लगायतले भूतपूर्व सम्राटको आदेशको पालना गरेर नव सम्राटलाई सहयोग गरेका थिए।

    चाङ्ग च्यु चेङ्ग र नव सम्राट नपुंषक सेवक फेङ्ग पाउको सम्बन्ध निकै राम्रो थियो। ती दुइ जनाले सक्दो प्रयासमा सानो सम्राटको शासनलाई सहयोग गरेका थिए। विशेष गरी चाङ्ग च्यु चेङ्गले शिक्षकको रुपमा सम्राटलाई शिक्षा दिए। उनले सम्राटका लागि चित्र र विषय मिलेको विशेष ऐतिहासिक पुस्तकको सम्पादन गरेर हरेक दिन सम्राटलाई सुनाउँथे।

    शेन चुङ्ग सम्राटले पनि चाङ्गलाई शिक्षकको रुपमा सम्मान गर्नुका साथै उनीसँग डराउँथे। सम्राटकी आमा र दरवारका सबैभन्दा ठूलो नपुंषक सेवक फेङ्ग पाउ दुवैले चाङ्गलाई समर्थन दिएको हुनाले वास्तवमा चाङ्ग च्यु चेङ्गले सबै प्रशासन अधिकार वहन गरे।

    तत्काल मिङ्ग राजवंशको शासनमा सैन्य र राजनीतिक क्षेत्रमा भ्रष्टाचार हुनुका साथै वित्तको अभाव भएर जनताको जीवन ज्यादै गाह्रो थियो। चाङ्ग च्यु चेङ्गले त्यस्तो अवस्थाको सामना गर्न अनेकन सुधार कदमको तर्जुमा गरे। उनको नीतिमा राजनीतिक तथा अधिकारी प्रणाली, सीमा प्रतिरक्षा, अर्थतन्त्रको सुधार, जल प्रतियोजनाको निर्माण आदि कदम समेटिएका थिए।

    सो अवसरमा समुद्रतटवर्ती क्षेत्रमा जापानी डाँकुको समस्या पूर्ण रुपमा समाधान गरिएको थियो। तर उत्तरी भागमा बस्ने ताता जातिले सिमा क्षेत्रमा सधैँ आक्रमण गर्दथ्ये। चाङ्ग च्यु चेङ्गले जापानी डाँकुसँग युद्धमा विजय प्राप्त प्रसिद्ध जनरल छी ची क्वाङ्गलाई उत्तरी सिमाक्षेत्रमा पठाए। जनरल छीले पैचिङ्गबाट उत्तरतिर लामो पर्खालमा करिब तीन हजार किल्लाको निर्माण गरेर ताता जातिको आक्रमणको प्रतिरक्षा गरे। छीको सेनाले धेरैपटक ताता जातीय सेनाको आक्रमणको सफलताका साथ प्रतिरोध गरी विजय प्राप्त गर्‍यो। यसरी ताता जातीय राजाले मिङ्ग राजवंशसँग शान्तिपूर्ण व्यापार गर्ने सुझाव पेश गरे। मिङ्ग राजवंशले ताता जातीय राजालाई सम्मानको पद दिनुका साथै मैत्रिपूर्ण आदान-प्रदान गर्ने स्वीकार गर्‍यो। त्यसपछि बीस-तीस वर्षमा मिङ्ग राजवंश र ताता जातिबीच संघर्ष भएन। उत्तरी क्षेत्रमा बस्ने विभिन्न जातीय सर्वसाधारणको जीवन क्रमशः स्थिर र शान्तिपूर्ण बन्यो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान