नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > सँस्कृति > विस्तृत विषय

#चिनारी#विश्व उपभोक्ता अधिकार दिवस

2018-03-14 10:27:21

#चिनारी#विश्व उपभोक्ता अधिकार दिवस

मार्च 15 तारिख विश्व उपभोक्ता अधिकार दिवस हो। यस दिवस सबै उपभोक्तासित सम्बन्धित रहेको छ।

सन् 1962 मार्च 15 तारिख अमेरिकाका भूतपूर्व राष्ट्रपति जोन एफ केनेडीले काँग्रेसमा “उपभोक्ताको अधिकार र फाइदा तथा सुरक्षासम्बन्धी विशेष विवरण” सार्वनजिक गर्नुभएको थियो। सो विवरणमा पहिलोपटक उपभोक्ताका चार अधिकार अर्थात् सुरक्षाको अधिकार, उचित सूचना पाउने अधिकार, स्वतन्त्र रुपमा छान्ने अधिकार र उपभोक्ताको विचार र सुझाव दिने अधिकार प्रस्तुत गरिएको थियो। क्रमशः विश्वव्यापी रुपमा उपभोक्ता संगठनले राष्ट्रपति केनेडीद्बारा प्रस्तुत यी चार अधिकारहरुलार्इ स्वीकार गरेर आफ्ना कार्यको लक्ष्य बनाउँदैआएका छन्। त्यसपछि अन्तर्राष्ट्रिय उपभोक्ता संघले आधारभूत माग पूरा गर्ने अधिकार, विवादको निष्पक्ष समाधान गर्ने अधिकार, उपभोगसम्बन्धी आधारभूत ज्ञान पाउने अधिकार र स्वास्थ्य वातावरणमा जीवन बिताउने तथा कार्य गर्ने अधिकारलगायत चार अधिकार प्रस्तुत गर्‍यो। यी आठ वटा अधिकारहरुलार्इ उपभोक्ताको अधिकार तथा फाइदा र सुरक्षा गर्ने आठ सिद्धान्त मानिन्छ।

अन्तर्राष्ट्रिय उपभोक्ता संघले सन् 1983मा हरेक वर्ष मार्च महिनाको 15 तारिखलाई विश्व उपभोक्ता अधिकार दिवस निश्चित गर्‍यो। उपभोक्ताको अधिकार र फाइदाको सुरक्षालाई सबल पार्न र विभिन्न देश र क्षेत्रमा उपभोक्ता संगठनबीचको सहयोग र आदान-प्रदानलाई बढाउनका लागि उक्त दिवसको स्थापना भएको हो।

 सन् 1985 अप्रिल 9 तारिख संयुक्त राष्ट्र संघको महाधिवेशनले “उपभोक्ताको सुरक्षा सिद्धान्त” पारीत गरेर विभिन्न देशहरुसँग उपभोक्ताको अधिकार र फाइदाको सुरक्षा गर्न ताकिता गर्‍यो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान