तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#आँखीझ्याल# मकाउका युवाले गीतमार्फत मातृभूमिमा समाहित भएको बीसौं वार्षिकोत्सव मनाए

2019-12-27 10:06:32

बीस वर्षअगाडि “सात जना छोराहरूको गीत” बोलको गीतले मातृभूमिमा समाहित भएको मकाउका देशबन्धुको भावनाबारे व्याख्या गरेको थियो। बीस वर्षपछि मकाउका युवा पुस्ताले रचना गरेको “कमलको फूलबाट मकाउलाई मातृभूमिसँग जोडिएको” बोलको गीतप्रति मकाउका देशबन्धुहरूद्वारा नजर पुर्‍याइएको छ। यो गीतमा मकाउका युवायुवतीका आँखामा मकाउको समृद्धि तथा मेलमिलाप, मातृभूमिसँग जोडिएको देखिन्छ।


चालू वर्षको सेप्टेम्बर ४ तारिख मकाउ मातृभूमिमा समाहित भएको बीसौं वार्षिकोत्सव मनाउने गीत “कमलको फूलबाट मकाउलाई मातृभूमिसँग जोडिएको”बोलको गीतको भिडियो पहिलो पटक सार्वजनिक भएको छ। यो गीत मकाउका युवा सङ्गीतकार सु याउ क्वाङद्वारा रचना गरिएको हो। मकाउ सङ्गीत व्यवसाय संघका प्रमुख एवम् यो गीतको तयारी समितिका अध्यक्ष सु याउ क्वाङले सानो उमेरमा “सात वटा छोराहरूको गीत”बोलको गीत सुनेको बताउँदै यसै वर्षको शुरुमा मातृभूमिमा समाहित भएको गीत रचना गर्ने योजना बनाएको बताउनुभयो। उहाँ भन्नुहुन्छ “सबैको विचारमा मातृभूमिमा समाहित उत्सव मनाउनका लागि तयार गरिने गीतले मकाउको प्रतिनिधित्व गर्नुपर्छ। साथै गीतमा फरक व्यवसायका व्यक्तिहरू संलग्न हुने हो भने मकाउको बहुपक्षीय संस्कृति पनि देखिने छ। सङ्गीतले फरक व्यवसायका व्यक्तिहरूलाई जोडेको छ र साथै मकाउ मातृभूमिमा समाहित भएपछि मातृभूमिसँग जोड्ने भावनाबारे पनि व्याख्या गरेको छ।”


यो गीत राम्रोसँग रचना गर्नका लागि सु याउ क्वाङ र उहाँको टोलीका सदस्यले ठूलो प्रयास गर्नुभयो। सु याउ क्वाङ भन्नुहुन्छ “यो गीत चिनियाँ भाषामा गाइएको छ। अझै धेरै व्यक्तिहरूले यो गीतको अर्थको अनुभव गर्ने अपेक्षा हामीले लिएका छौं। यो गीतमध्ये “कमलको फूलबाट मकाउलाई मातृभूमिसँग जोडिएको” भन्ने वाक्य क्यान्टोनिज भाषाद्वारा गाइएको हो। किनभने यो वाक्यले मकाउको संस्कृतिको प्रतिनिधित्व गरेको छ। यो मकाउको विशेषता हो।”


“समान माटोमा हुर्केको, मनमा समान भावना छ, फरक शक्ति, समान सपना, सुन्दरता र समृद्धिको निर्माण गरौं”भन्ने वाक्य मानिसको मनमा पहिलो छाप परेको छ। गीतकार छन च हुङ भन्नुहुन्छ “समृद्ध, मेलमिलाप, शान्ति मकाउका धेरैजनाको समान सपना हो। चिनियाँहरूको विचारमा परिवारको भावना महत्वपूर्ण हुन्छ। परिवारका सदस्य बिच मेलमिलापयुक्त वातावरण हुनुपर्छ, सबैले एक अर्कालाई माया गर्नुपर्छ।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान