तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#आँखीझ्याल# “बेल्ट एण्ड रोड” चीनको चिया संस्कृति प्रदर्शनी मस्कोमा

2019-12-20 09:35:46

चीन र रुसले संयुक्त रुपमा “बेल्ट एण्ड रोड” चीनको चिया संस्कृति प्रदर्शनी गत नोभेम्बर बाईस तारिख मस्कोमा आयोजना गरेको छ। यस चीनको चिया संस्कृति प्रदर्शनी रुसमा पहिलो पटक आयोजना गरिएको हो। प्रदर्शनीमा सहभागी उद्योगी-व्यवसायीहरूले रुसका वासिन्दालाई उत्तम गुणस्तरको चिया र चिया सेटको प्रदर्शन गर्नुका साथै चिया संस्कृतिसम्बन्धी गोष्ठीको आयोजना र चिया कला अभिनय प्रदर्शन गरेका छन्।


यस पटकको चीनको चिया संस्कृति प्रदर्शनी चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवृद्धन परिषद, फु चेन श छ्वाङ नामक वाणिज्य प्रदर्शनी कम्पनी लिमिटेड, मस्को सोकोल्निकी प्रदर्शनी केन्द्रद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो। चीनको फु चेन प्रान्तको छ्वआन चौ शहर, नीङ त शहरका साठी वटा उद्योग-व्यवसायी उक्त प्रदर्शनीमा सहभागी भएका थिए। रुसको विभिन्न क्षेत्रको चियाको खुद्रा-बिक्री व्यापारी, थोक बिक्री व्यापारी, खाद्य-पदार्थ कारखानाका प्रतिनिधिहरू पनि उक्त प्रदर्शनीमा सहभागी थिए।


रुसी राष्ट्रिय डुमा साँसद, डुमा संस्कृति समितिका सदस्य नाटालिया पिल्युसले उदघाटन समारोहमा चिया संस्कृति चीनको परम्परागत संस्कृतिको महत्वपूर्ण भाग भएको भन्दै यस पटकको चिया संस्कृति प्रदर्शनी चीन र रुसको दौत्य सम्बन्धको स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको प्रारुपमा आयोजना गरिएको र यसले दुई मुलुकको परम्परागत मित्रता र आर्थिक तथा व्यापारिक आदान-प्रदानलाई बढाउनुका साथै रुसका जनताका लागि चीनबारे जानकारी लिने ढोका समेत खोलेको बताउनुभयो। उहाँ भन्नुहुन्छ “चिनियाँ संस्कृतिमा धेरै क्षेत्रहरू समावेश छन्। तर हरेक पटकमा चिनियाँ संस्कृतिबारे चर्चा गर्दा चिया संस्कृति सम्झन सकिन्छ। रुसमा चिया संस्कृतिको चार सय वर्षको इतिहास छ। रुसी जनतालाई चिया मन पर्छ। यस पटकको प्रदर्शनीले हामीलाई चीनको चिया कलाबारे जानकारी लिने मौका उपलब्ध गराएको छ।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान